जेठ ५, २०८१ शनिबार May 18, 2024

नेपाली पब्जी मोबाइल टिम ‘डीआरएस’ विश्व वरियतामा १३औं स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पब्जी मोबाइल टिमको विश्व वरियतामा नेपाली टिम डीआरएस गेमिङ (द रियल सोल्जर्स) १३औं स्थानमा पर्न सफल भएको छ ।

हालै ईस्पोर्टस् जेनले सार्वजनिक गरेको नयाँ सूचीमा डीआरएस अघिल्लाे महिनाभन्दा ४ स्थान तल परेकाे छ । गत मे महिनामा सार्वजनिक सूचीमा याे टिम ९औं स्थानमा थियाे ।

शीर्ष ८० टिमको यो सूचीअनुसार डीआरएस गेमिङ दक्षिण एसियाली क्षेत्रकै दोस्रो उत्कृष्ट पब्जी मोबाइल टिम बनेको छ । दक्षिण एसियाली क्षेत्रमा डीआरएसभन्दा अघि मंगोलियाको ज्युस इस्पोर्ट्स छ ।

डीआरएसले यो महिना कूल ५४० अंक पाएको छ । त्यसैगरी नेपाली पब्जी टिम सीएनई र डेडआई गाइ यो वरियताको सूचीमा क्रमश: ७१औं र ७४औं स्थानमा छन् । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया