जेठ ५, २०८१ शनिबार May 18, 2024

आईफोनमा वाईफाई नेटवर्कको नाम असामान्य राख्दा फोन नै ‘क्रयास ’ हुने खतरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आईफोनको वाईफाई नेटवर्कलाई असमान्य नाम दिदाँ त्यसले वाईफाई कनेक्सनलाई नै ब्रेक गर्नसक्ने कुरा बाहिरिएको छ । व्लिपिङ कम्प्युटर र एप्पल इन्साइडरका अनुसार सुरक्षा अनुसन्धानकर्मी कार्ल शोउले आईफोनमा भएको बग पत्ता लगाएका छन् ।

आफ्नो फोनमा वाईफाईको नाम असमान्य रुपले राख्दा त्यसले वाईफाई कनेक्सनमा समस्या आएको बताएका छन् । उनले आफ्नो फोनको वाईफाई हटस्पटको नाम “%p%s%s%s%s%n” राखेका थिए ।  उनले यो समस्या आईफोन एक्स एसमा पत्ता लगाएका थिए ।

उनले सो वाईफाई अन्य एप्पल डिभाइसहरुमा पनि प्रयोग गर्न खोज्दा अन्य डिभाइसमा पनि वाईफाई डिसेबल भएपछि उनले यो बग पत्ता लगाएका हुन् । तर यो समस्या समाधान नै गर्न नसकिने भन्ने पनि होइन ।

वाईफाई नेटवर्कमा त्यसरी समस्या आएको खण्डमा सेटिङलाई रिसेट गरेर समस्या समाधान गर्न सकिन्छ । त्यसको लागि वाईफाई सेटिङमा गएर जेनरल अपशनमा भएको रिसेटमा क्लिक गरेर समस्या समाधान गर्न सकिन्छ । हेर्दा समस्या सामान्य लागे पनि यसले अन्य समस्याहरु पनि निम्त्याउन सक्ने व्लिपिङ कम्प्युटरको भनाइ छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया