मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

मन्त्री गुमेकै दिन राजेन्द्र महतोको नागरिकता छानविनको माग गर्दै अख्तियारमा उजूरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः उपप्रधानमन्त्री राजेन्द्र महतोको नागरिकताको छानविनको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ । आज अधिवक्ता वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले उजुरी दिएकोमा दर्ता भएको हो ।

तीनैजना अधिवक्ताहरुले महतोको नागरिकता छानविन गर्न भनेका छन् । उनीहरुले महतोको नागरिकतामाथि प्रश्न उठाएका छन् ।

अख्तियारमा महतोको नागरिकता छानविनको उजुरी सी ०३५५९६ नम्बर दिई दर्ता भएको छ । पछिल्लो समय महतोको नागरिकतबाारे प्रश्न उठाउन थालिएको छ । हिजो महतोलाई सिंहदरबार प्रवेश निषेध भन्दै नयाँ पार्टीले सुचना सिंहदरबारको मूलढोकामा टाँसेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया