असार ५, २०८३ शुक्रबार June 19, 2026

यो राजनीतिक आदेश हो, अदालतले कानुनी आदेश दिनुपर्थ्याे – उमाशंकर अरगरिया, पदमुक्त पर्यटनमन्त्री (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईंसहित २० मन्त्री आज सर्वोच्च अदालतको आदेशसँगै पदमुक्त हुनुभएको छ, प्रतिक्रिया के छ ? 

म जति दिन मन्त्री बनेँ राष्ट्रका लागि इमानदारीपूर्वक काम गरेँ । सर्वोच्च अदालतको आदेश सबैले मान्नैपर्छ, हामी पनि मान्छौँ नै । कहीँ न कहीँ अदालतले काम हुनुभन्दा पहिले कार्यपालिकालाई कमजोर पार्ने काम गरेको छ । अर्को, हिजो मात्रै प्रचण्डले भाषण गर्नु र सोही प्रकारको निर्णय त्यसको एक दिनपछाडि आउनु आश्चर्यको विषय छ । यसअघिको मुद्दा किनारा लागेका छैनन्, यो मुद्दामा अचानक आदेश आयो । यस विषयमा हामी गम्भीर भएका छौँ । लोकतन्त्रमाथि नै खतरा उत्पन्न हुने समय आएको छ । अब राष्ट्र संसद्तिर धकेलिएजस्तो महसुस भएको छ । कोरोना महामारीका वेलामा, स्वास्थ्यमन्त्रीहरूले काम गर्ने वेलामा यो आदेश आएको छ । यस्तो वेलामा चारजना मात्रै मन्त्रीले के गर्न सक्छन् भनेर अदालतले सोचिदिएन ।

अब तपाईंहरू के गर्नुहुन्छ ?

अदालतको निर्णय मान्दै आएका छौँ, मान्छौँ ।

चुनावी सरकारमा मन्त्रिपरिषद् पुनगर्ठन गर्न मिल्दैन भन्ने स्पष्ट संवैधानिक व्यवस्था हुँदाहुँदै तपाईंहरू पनि त पदको लोभमा सरकारमा जानुभएको हो नि ? 

संविधानमा कहीँ पनि यस्तो व्यवस्था छैन । बरु यस्तो अप्ठ्यारो अवस्थामा मुलुकलाई ठप्प पार्नुपर्छ भनेर पनि कहीँ लेखेको छैन नि !

सर्वोच्चको आदेशले राजनीतिक कोर्स केही प्रभावित हुन्छ कि ?

यो राजनीतिक आदेश हो । सर्वोच्च अदालतले कानुनी आदेश दिनुपर्ने थियो । देश थप संकटमा पर्छ, २५ जना मन्त्रीले धानेको देश कसरी चारजनाले मात्रै काम गर्न सक्छन् भन्ने प्रश्न उठेको छ । राष्ट्र र लोकतन्त्रका लागि यो राम्रो संकेत होइन ।

प्रधानमन्त्री ओलीसँग तपाईंहरूले मूलतः दुई मुद्दामा सहकार्य गर्न खोज्नुभएको थियो, एउटा नागरिकता अध्यादेश र अर्को सत्तासमीकरण । दुवै चिज गुमाउनुभयो । ओलीसँग सहकार्य कायम रहन्छ कि आफ्नो बाटो लाग्नुहुन्छ ? 

प्रधानमन्त्रीसँग हामीले गरेको सहमतिअनुसार मधेस आन्दोलनका मुद्दा फिर्ता लिनुभएको छ । संविधान संशोधनका लागि कार्यदल बनाउनुभएको छ । संविधानमा उल्लेख भएबमोजिम नै नागरिकता अध्यादेश पनि ल्याउनुभएको थियो । त्यसमा पनि अदालतले रोक लगायो । अध्यादेश आफैँमा कानुन हो । कार्यपालिकाको सबै कदममा हस्तक्षेप गर्नु न्यायपालिकाको काम होइन । यसले गर्दा लोकतन्त्रमाथि कतै न कतै असर गरेको देखिन्छ । त्यही भएर हामीले आज प्रधानमन्त्रीलाई मन्त्री कुनै ठूलो कुरा होइन भनेर भनेका छौँ । ओलीजीलाई हामी साथ दिन्छौँ । उहाँका लोकतान्त्रिक कदमको हामी सराहना गछौँ ।

अदालतको निर्णयले जसपाको विभाजनउन्मुख अन्तर्विरोधलाई के प्रभाव पार्छ ? 

मुलुकमा अहिले मधेसको मुद्दालाई कमजोर पार्ने र सम्बोधन गर्नेहरूबीच लडाइँ चलेको छ । हामी पार्टी जहिले पनि एकताबद्ध रहोस् भन्ने नै चाहन्छौँ । हाम्रो लाइन यही हो । तर, जुन प्रक्रियाले लोकतान्त्रिक प्रक्रियालाई नै मिच्छ हामी त्यहाँ सहमत हुन सक्दैनौँ ।

यदि संसद् पुनस्र्थापना गर्ने सर्वोच्चको फैसला आयो भने तपाईंहरू समग्र विषयमा नयाँ चरणबाट छलफल गर्नुहुन्छ कि अहिले जहाँ हुनुहुन्छ त्यहीँबाट सहकार्यलाई निरन्तरता दिनुहुन्छ ?

संसद् पुनस्र्थापना भयो भने फेरि पनि ओलीजीको बहुमत पुग्ने देखिन्छ । अदालतले रोक लगाए पनि ओलीजीले मधेसको माग पूरा गर्न सुरु गर्नुभएको छ । यसकारण हामीले आउने दिनमा पनि ओलीजीलाई नै सहयोग गर्ने हो । नयाँपत्रिका दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार