असोज १२, २०८३ सोमबार September 28, 2026

नेपाली बजारमा सामसङ ग्यालेक्सी ‘एम ३२’ र ‘ए २२’ सार्वजनिक हुँदै, यस्ता छन् फिचर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सामसङले नेपाली बजारमा नयाँ माेडलका स्मार्टफोन भित्र्याउने तयारी गरेको छ । कम्पनीले ग्यालेक्सी एम सिरिजअन्तर्गत एम३२ र ग्यालेक्सी ए सिरिज अन्तर्गत ए२२ बजारमा भित्र्याउने तयारी गरेको हो ।

जुलाईको पहिलो साता यी मोडल नेपाली बजारमा भित्रिने कम्पनी स्रोतले जानकारी दिएकाे छ ।

एम३२ मा २५ वाटकाे चार्जिङ सपाेर्टसहित ६ हजार एमएएच ब्याट्री क्षमता दिइएको छ । कम्पनीले यो फोन डुअल ब्याण्ड वाईफाई (२ गिगाहर्ज र ५ गिगाहर्ज फ्रिक्वेन्सी) सहित निर्माण गरेकाे जनाएकाे छ ।

एन्ड्राेइड ११ मा चल्ने फाेनमा ९० हर्जकाे रिफ्रेस रेटसहिट ६.४ इन्चको एमोलेड डिस्प्ले र ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, २० मेगापिक्सेलकाे सेल्फी क्यामेरा, मिडियाटेक हेलियाे जी८० चिपसेट लगायतका मुख्य फिचर छन् ।

४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टाेरेज र ६ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टमा याे फाेन उपलब्ध हुनेछ । नेपाली बजारमा याे फाेनकाे मूल्य २५ देखि ३० हजार रूपैयाँकाे बीचमा उपलब्ध हुने अनुमान गरिएकाे छ ।

त्यसैगरी कम्पनीले नेपाली बजारमा ग्यालेक्सी ए२२ पनि भित्र्याउने तयारी गरेकाे छ । तर फाइभजी वा फाेरजी कुन भेरियन्ट उपलब्ध हुन्छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएकाे छैन ।

एन्ड्राेइड ११ मा चल्ने यो फोनमा ९० हर्ज रिफ्रेस रेट (फाइभजी) सहित ६.६ इन्चको सुपर एमाेलेड डिस्प्ले रहेकाे छ । फोनको पछाडि ४८ मेगापिक्सेलको प्राइमेरी सेन्सरसहित चार वटा क्यामेरा सेटअप छ भने सेल्फीका लागि १३ मेगापिक्सेलको क्यामेरा छ ।

त्यस्तै ४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टाेरेज, ४ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टाेरेज र ६ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टमा याे फाेन उपलब्ध हुनेछ ।

याे फाेनकाे फाइभजी भेरियन्टमा मिडियाटेक डाइमेन्सिटी ७०० चिपसेट छ भने फाेरजी भेरियन्टमा मिडियाटेक हेलियाे जी८० चिपसेट छ । त्यस्तै फोनमा १५ वाटको चार्जिङ सपोर्टसहित ५ हजार एमएएचको ब्याट्री छ । यसमा इन-डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सरसमेत रहेको छ ।

साथै सामसङले नेपाली बजारमा ए सेभेन लाइट ट्याब्लेट पनि सार्वजनिक गर्ने तयारी गरेकाे छ ।- टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार