कार्तिक ११, २०८३ बुधबार October 28, 2026

बालकृष्णको ‘प्रशंसा गर्छौ’ म्यूजिक भिडियोमा सुनिल र रेजिनाको रोमान्स (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायक, गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको स्वरमा नयाँ गीत प्रशंसा गर्छौको भिडियो सार्वजनिक भएको छ । गायक न्यौपानेको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोमा मोडल सुनिल क्षत्री र रेजिना मगरको रोमान्स देख्न सकिन्छ ।

प्रेम र रोमान्सले भरिएको सार्वजनिक गीतको डान्सिगं शैलीको गीतमा प्रेममा चुर्लुम्मै डुबेका युवा युवतीको कथालाई देखाइएको छ । जसले आफ्नी सुन्दरी मायालुसँग रोमान्स गरेको कल्पना गर्दै प्रेमको रसपान गरेको दृश्यलाई  निर्देशक सुरज श्रेष्ठले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् ।

प्रशंसा एल्बम भित्र समावेश गीतको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् भने प्रशान्त मगरले कोरियोग्राफी गरेका छन् । दीपक गिरीको छायांकन रहेको भिडियोको निर्माता ठाकुर न्यौपाने र झुमा तिमसिना हुन् । न्यौपाने र  तिमसिनाको यो पहिलो सहकार्य हो ।

भिडियो गायक न्यौपानेको आफ्नै च्यानल बिके क्रियशनबाट बजारमा आएको हो । गायक न्यौपानले केही समय अघि मात्रै ‘चञ्चले मन’बोलको भिडियो सार्वजनिक गरेका थिए । न्यूजअभियान

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया