मंसिर २२, २०८० शुक्रबार December 8, 2023

दोलखाका ‘सिडिओ रिजालले प्रत्येक तारेखमा असुल्थे एक लाखका दरले घुस ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दोलखा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर आएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल जिल्लामा कर्मचारी र कार्यालय प्रमुखलाई त्रासमा राखेर असुली गर्थे। कार्यालय प्रमुख र मुद्दाका पक्षधर उनको निरन्तर निशानामा पर्थे।

विगु गाउँपालिकामा कार्यरत दुई स्वास्थ्यकर्मी र स्थानीय महिलाबीचको झगडा थाहा पाए लगत्तै गत असोजमा मौखिक आदेशमा जिल्ला प्रशासन झिकाएका रिजालले ती दुई कर्मचारीबाट ४ लाख रुपैयाँ रकम असुलेको आरोप विगु गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीले लगाएका छन। पहिलो पटक प्रशासनमा झिकाउँदा ती पुरुष कर्मचारीलाई दुबै पटक तारेखमा डाकेका रिजालले प्रत्येक तारेखमा १ लाखका दरले ४ लाख असुलेको उपाध्यक्ष ओलीले बताएका छन।
तेस्रो तारेखमासमेत बोलाइएपछि आफुहरु सिडिओ लामिछानेले निरन्तर रकम मागेर आफुहरुलाई पिडित बनाएको बताएपछि विगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्का, उपाध्यक्ष सञ्जिव ओली र जिल्लाका केही जनप्रतिनिधि असोज तेस्रो साता गृहमन्त्री रामबहादुर थापा (बादल)को कार्यकक्षमा डेलिगेसन गएका थिए। थापाले त्यतिबेला सिडिओ रिजाललाई कारवाही गर्ने आश्वासनसमेत दिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार