असोज ६, २०८३ मंगलबार September 22, 2026

दोलखाका ‘सिडिओ रिजालले प्रत्येक तारेखमा असुल्थे एक लाखका दरले घुस ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दोलखा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर आएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल जिल्लामा कर्मचारी र कार्यालय प्रमुखलाई त्रासमा राखेर असुली गर्थे। कार्यालय प्रमुख र मुद्दाका पक्षधर उनको निरन्तर निशानामा पर्थे।

विगु गाउँपालिकामा कार्यरत दुई स्वास्थ्यकर्मी र स्थानीय महिलाबीचको झगडा थाहा पाए लगत्तै गत असोजमा मौखिक आदेशमा जिल्ला प्रशासन झिकाएका रिजालले ती दुई कर्मचारीबाट ४ लाख रुपैयाँ रकम असुलेको आरोप विगु गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीले लगाएका छन। पहिलो पटक प्रशासनमा झिकाउँदा ती पुरुष कर्मचारीलाई दुबै पटक तारेखमा डाकेका रिजालले प्रत्येक तारेखमा १ लाखका दरले ४ लाख असुलेको उपाध्यक्ष ओलीले बताएका छन।
तेस्रो तारेखमासमेत बोलाइएपछि आफुहरु सिडिओ लामिछानेले निरन्तर रकम मागेर आफुहरुलाई पिडित बनाएको बताएपछि विगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्का, उपाध्यक्ष सञ्जिव ओली र जिल्लाका केही जनप्रतिनिधि असोज तेस्रो साता गृहमन्त्री रामबहादुर थापा (बादल)को कार्यकक्षमा डेलिगेसन गएका थिए। थापाले त्यतिबेला सिडिओ रिजाललाई कारवाही गर्ने आश्वासनसमेत दिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार