मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

पाँच विद्यार्थी संगठनद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः विपक्षी गठबन्धनमा आवद्ध ५ विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेका छन् ।

सोमबार राजधानीमा बसेको पाँच बिद्यार्थी संगठनहरुको संयुक्त बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेका हुन् ।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू (माधव नेपाल पक्ष), समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) को संयुक्त बैठकले असार १६ गते ७७ वटै जिल्ला र असार १७ गते काठमाडौं उपत्यकामा प्रधानमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया