मंग्सिर १, २०८२ सोमबार November 17, 2025

बैंकको पारा देखेर लाज लाग्यो : गभर्नर नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकहरुको काम गराई देखेर आफूलाई लाज लागेको बताएका छन् । शुक्रबार जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरपछिको उद्घाटन समारोहलाई सम्वोधन गर्दै गभर्नर नेपालले बैंकहरुको पछिल्लो काम गराइ नै लाजमर्दो भएको टिप्पणी गरेका हुन् ।

बैंककै कर्मचारीका कारण खाताको रकम चोरी भएको भन्दै उनले यसले आफूलाई अचम्म लागेको बताएका छन ।

‘कसको चेक बुक कसलाई दिने भन्ने समेत थाहा नपाउने बैंकका कर्मचारी कस्ता ?’ गभर्नर नेपालले भने, ‘नियामक निकायको प्रमुख भएकाले मलाई भन्न पनि लाज लागिरहेको छ, तपाईंहरु गम्भीर हुनुस् ।’

गभर्नर नेपालले बैंकका कर्मचारीबाट यस्तो गल्ति हुन नहुने भन्दै बैंकहरुलाई सचेत गराएका छन । उनले दक्ष जनशक्ति परिचालनमा बैंकहरुले लगानी गर्नु पर्नेमा जोड दिएका छन । उद्योगीरव्यवसायीहरुले ब्याजदरका विषयमा धेरै कुरा उठाएको भन्दै गर्भनर नेपालले ब्याज स्थिर हुनु सबैका लागि राम्रो हुने पनि बताएका छन ।

‘यहाँ त धेरै व्यवसायीको नै बैंक छ, अनि आफैंले ब्याजदर धेरै भयो भन्नु हुन्छ,’ गभर्नर नेपालले भने, ‘ब्याज धेरै भयो भन्नु ठिक हो, तर तपाईहरु पहिले बैंक छाड्नुस अनि भन्नुस् ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार