वैशाख २५, २०८१ मंगलबार May 7, 2024

विपक्षी पाँच विद्यार्थी संगठनहरुले सरकारविरुद्ध भोली देशैभरी मशाल जुलुस निकाल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनहरुले सरकारविरुद्ध शनिबार ७७ वटै जिल्लामा मशाल जुलुस निकाल्ने निर्णय गरेका छन् ।

राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा ब्याप्त प्रतिगमन र वेथितिका विरुद्ध संयुक्त विरोध प्रदर्शन गर्दै आएका नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले शनिबार मशाल जुलुससहित प्रदर्शन गर्न लागेका हुन् ।

असार २० गते प्रतिगमनविरुद्ध विद्यार्थी आन्दोलनका पूर्वअध्यक्ष वा नेताहरुसँग अन्तर्क्रिया गर्ने र असार २१ गते माइतीघर मण्डला र उपत्यका बाहिरका प्रत्येक जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम उनीहरुले सार्वजनिक गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया