असोज १२, २०८३ सोमबार September 28, 2026

हावामा उड्ने क्यामेरा भएको स्मार्टफोन ल्याउँदै भिभो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चिनियाँ स्मार्टफाेन ब्राण्ड भिभोले एउटा अनौठो फिचर भएको स्मार्टफोनका लागि पेटेन्ट दर्ता गराएको छ । जसमा फ्लाइङ अर्थात उड्ने क्यामेरा फिचर रहेको छ ।

यससँगै भिभो पहिलो यस्तो कम्पनी बनेको छ, जसले ह्याण्डसेटमा ड्रोन क्यामेरा उपलब्ध गराउने लक्ष्य राखेको छ । गत वर्षको डिसेम्बरमा भिभो मोबाइल कम्युनिकेसनले वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी अफिस (WIPO) मा यो पेटेन्ट दर्ता गराएको थियो ।

सोही पेटेन्ट अहिले कम्पनीको नाममा जारी भएको हो । लेट्सगो डिजिटलकाे रिपाेर्टअनुसार भिभो आफ्नो स्मार्टफोनमा एउटा कम्पार्टमेन्ट राख्ने प्रयासमा छ । जसमा हिडन (लुकेको) क्यामेरा सिस्टमसहित दुई वटा सेन्सर हुनेछ ।

साथमा तीन वटा इन्फ्रारेड प्रोक्सिमिटी सेन्सर, चार वटा प्रोपेलर (पंखा) र एउटा अतिरिक्त ब्याट्री हुनेछ । पेटेन्टअनुसार एउटा क्यामेरा माथि शिरानी भागमा हुनेछ भने अर्को फोनको अगाडि भागमा हुनेछ ।

यसरी फरक फरक स्थानमा क्यामेरा राख्नुको अर्थ अलग अलग एंगलमा शुट गर्न सहज बनाउनु हो । रिपोर्टअनुसार पेटेन्टमा देखाइएको क्यामेरा सिस्टम प्यानलबाट स्लिड भएर बाहिर आउनेछ र माउन्टिङ ब्रकेटसँगै सम्पूर्ण रुपमा निस्किनेछ ।

त्यस्तै, माउन्टिङ ब्रकेटमा फिगरप्रिन्ट सेन्सर इन्टिग्रेट हुनेछ । यो क्यामेरा सिस्टम इन्टिग्रेटेड प्रोपेलर (पंखा) को सहयोगमा उड्नेछ । यसमा रहने इन्फ्रारेड सेन्सरले क्यामेरा कति माथिसम्म जाने भन्ने कुरालाई ट्र्याक तथा नियन्त्रण गर्नेछ ।

साथै यो फ्लाइङ क्यामेराले शुटिङको समयमा सहजता प्रदान गर्नेछ । यो एयर जेस्चरको साथमा सार्वजनिक हुन सक्छ ।

यसबाहेक थप जानकारी भने बाहिर आएको छैन । पेटेन्ट अनुसारको फिचर भएको स्मार्टफोन भिभोले सार्वजनिक गरेको खण्डमा बजारमा विद्यमान अन्य स्मार्ट कम्पनीका लागि निकै कडा चुनौती हुने विश्लेषण गरिएकाे छ । – टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार