कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

लिम्बू जातिको धाननाच प्रस्तुत गरिएको लघुचलचित्र ‘खेदा’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः लिम्बू समुदायको विवाह तथा पालाम संस्कृतिमा आधारित लघुचलचित्र ‘खेदा’ अर्थात ‘कथा’ सार्वजनिक भएको छ । भूतपूर्व लाहुरेकी पत्नीले श्रीमानको मरणोपरान्त निवृतिभरण (पेन्सन) थाप्न जाँदा आफ्नो नाती उमेर पुगेकोले बुहारी ल्याएन भन्ने चिन्ता गरेको कुराबाट लघुचलचित्र अगाडि बढेको छ ।

विवाह संस्कृतिलाई नजिकबाट बुझाउन खोजिएको लघुचलचित्रमा लिम्बू जातिको धाननाच प्रस्तुत गरिएको छ । धाननाचबाटै मनपराइएको युवायुवतीबिच विवाहको लागि लाने÷जाने संस्कृति पनि यस चलचित्रमा देखिएको छ ।

बोजु पेन्सन थापेर आउँदा बुहारी ल्याइदिएको कथा यस चलचित्रमा छ । पालामलाई प्राथमिकतामा राखिएको चलचित्रमा मनु नेम्बाङ र सुमन लिम्बूले गाएका छन् ।

रचना नेम खापुङ लिम्बू, लय सङकलन सुमन लिम्बू, सङ्गीत संयोजन अशोक लोहोरुङ राईको रहेको छ । मनु र सुमनलाई भिम सेनेहाङ लिम्बू, रुकमान लिम्बू, निरन्ता नेम्बाङ, दिपा सुहाङ, दिवस पयाङगु लिम्बू, रोजिना थेगिम लिम्बूले पाःलाम खाप्न सघाएका छन् ।

भिडियोको लागि पटकथा सम्वाद देवेन्द्र खापुङ सुर्केली, सबटाइटल डि.बि. आङबुङ लिम्बूले गरेका हुन् । ड्रेस डिजाइन तेह्रथुमे बुटिक, सेमिमा कलेक्सन माङ्गेन्ना ढाका पसलले गरेका छन् ।

चलचित्रमा रुकमान लिम्बू र सबनम साबा लिम्बू गरेका छन् भने यासेली योङ्हाङ लिम्बू, मनु थक्लुङ लिम्बू, नैनाकला आङदेम्बे नाम्लिङ अख्राबो लिम्बू, निर्मला तावा, नितुरानी नेम्बाङ, बत्तिमाया चोङ्बाङ, बुद्धमति लिम्बू, कृष्णमाया लिम्बू, दिपा सुहाङ, भीम सेनिहाङ लिम्बू, दिपा सुहाङ, जेपी नेम्बाङ लिम्बू, भिमसागर मादेम्बा लिम्बू, उदय बेघा लिम्बू, रेश्मा लिम्बू, सुमन लिम्बू, मनु नेम्बाङ, इन्दिरा हुक्पा चोङ्बाङ लिम्बू, मनकुमार वनेम लगायतले अभिनय गरेका छ ।

याक्थुङ केलाङ समूह र फेदाप केलाङ समूहको च्याब्रुङ नृत्य रहेको चलचित्रमा बुद्ध थापाको छायाङ्कन बिनोद लामा ब्यग्राउन्ड म्युजिक विकास दाहालको सम्पादन कथा निर्देशन लोकेन सावाको निर्देशन रहेको छ ।रुबुसा क्रिएटिभ वर्कले लघुचलचित्र ‘खेदा’ (कथा) लाइ सार्वजनिक गरेको छ । न्यूजअभियान

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार