श्रावण २६, २०८३ मंगलबार August 11, 2026

नग्न भिडिओ अटोमेटिक रुपमा हट्ने प्रविधि प्रयोग गर्दै टिकटक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः छोटो भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले भिडिओ सामग्रीको रिभ्युमा संलग्न मानव जनशक्ति विस्थापित गर्दै स्वचालित प्रविधि प्रयोग गर्ने भएको छ । कम्पनीले अमेरिका र क्यानडामा अटोमेटेड रिभ्यु सिस्टम सुरु गर्ने भएको हो ।

जसबाट नग्नता, अश्लीलता, यौन, अपराध, ग्राफिक कन्टेन्ट, गैरकानूनी तथा हिंसात्मक गतिविधि  सम्बन्धी भिडिओ सामग्रीको रिभ्यु स्वचालित तवरबाट हुनेछ । यदि कुनै भिडिओ सामग्री यी समूह भित्र रहेको कुरा टिकटकको सिस्टमले समात्न सकेको खण्डमा त्यसलाई तुरुन्तै हटाइ दिनेछ ।

त्यसपछिको अवस्थामा कृयटरले मसिनको निर्णयलाई पुनर्विचार गराउन मानव मोडेरेटरलाई अपील गर्न सक्नेछन् । हालसम्म टिकटकले अमेरिकामा भिडिओ रिभ्युको काम मानव मोडेरेटरमार्फत गराउँदै आएको छ ।

तनाव सिर्जना गर्ने भिडिओलाई सीमित गर्ने उद्देश्यका साथ यस किसिमको परिवर्तन गर्न लागिएको हो । तर स्वचालित प्रणालीले पूर्णताका साथ काम गर्न नसक्ने कुरा टिकटकका लागि समस्याको विषय हुनेछ ।

टिकटकले केही देशमा मोडेरेसनका लागि पूर्ण अटोमेसन प्रणाली सुरु गर्ने बताएको छ । जसका लागि ब्राजिल र पाकिस्तान सहितका देशमा यसको परीक्षण भइरहेको छ ।  – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार