मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण – १ हजार ५ सय ९५ जना संक्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमण्डौंः नेपालमा मंगलबार थप ३ हजार १ सय ८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ७० हजार ९ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ५ सय ९५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ३४ हजार ९ सय २७ जना संक्रमणमुक्त भएका छन् । २४ घन्टामा १३ हजार १३५ परीक्षणबाट २२ सय २ जना पिसीआर र ९०६ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो । सोमबार २४ सय ४५ जना संक्रमित थपिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया