असार २४, २०८२ मंगलबार July 8, 2025

सिरियामा चार दिनदेखि इजरायली मिसाइल आक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजरायलले गए राति पनि सिरियामा आक्रमण गरेको छ । इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

इजरायलले सिरियाली शहर होम्समा हमला गरेको सिरियाली अधिकारीहरुले बताएका छन् । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको उक्त समाचारमा जनाइएको छ ।

सिरियाली सैन्य अधिकारीहरुले इजरायलले गएको चार दिनदेखि यहाँ हमला गरेको छ । यहाँको सरकारी समाचार समिति सानाले सो समाचार दिएको छ ।

बुधबार राति र बिहीबार राति पनि इजरायली सेनाले सिरियाली शहर होम्स र उत्तरी शहर अलेपोमा हमला गरेको सिरियाली सरकारी समाचार समिति सानाले जनाएको छ ।

बुधबार जस्तै बिहीबार पनि मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको पाइएको छ । उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ ।

त्यसबाट भएको हताहतको समाचार भने आएको छैन । ती आक्रमणबाट के कति मानिस हताहत भएका छन् भन्ने बारेमा खोजी भएको बताइएको छ ।

इजरायली सेनाले यसअघि पनि सिरियामा हमला गर्ने गरेकोमा केही दिनयता रोकिएको थियो । तर अहिले गएको चार दिनदेखि निरन्तर रुपमा इजरायलले सिरियामाथि हमला गरिरहेको छ ।

गत सोमबारदेखि इजरायलले उत्तरी सिरियाली सहर अलेपोमा आक्रमण गरेको थियो र अहिले पनि सो क्रम जारी नै रहेको यहाँका अधिकारीहरुले जनाएका छन् । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार