कार्तिक १५, २०८३ आइतबार November 1, 2026

योनीमा किन आउँदैन रस ? यसो गर्नुहोस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः यौन चाहना बढी मात्रामा हुँदा योनीबाट तरल पदार्थ बढी प्रवाह हुन्छ । तर, यौन इच्छा भएन भनेचाहीं महिलाको योनी रसाउँदैन । योनीमा रसिलो पदार्थ प्रवाह भएन भने त्यसले यौन सन्तुष्टीमै आकाश–जमिनको अन्तर गराउँछ ।

तीव्र इच्छा भएको अवस्थामा तरल पदार्थको प्रवाह कम भएर योनी सुख्खा हुनु स्वाभाविकै हो । सुख्खा भएको बखत दुख्नु पनि अर्को स्वाभाविक पक्ष हो । यो उमेरमा वा बैंसको अवस्थामा हुने सामान्य प्रक्रिया हो । सामान्यतया ४५ वर्षमुनिका महिलामा तरल पदार्थको प्रवाह कम हुँदैन । ४५ वर्षमाथिका महिलामा महिनावारी रोकिने भएकाले तरल पदार्थको प्रवाहमा कमी आउँछ ।

४५ वर्षको उमेरमा पनि पहिलाजस्तै तीव्र यौन इच्छा हुन्छ र योनीमा तरल पदार्थको प्रवाह हुन्छ भनेर सोच्नु गलत हो । यौन सम्बन्धको क्रममा जब योनीमा चाहिने मात्रामा रस निस्कँदैन, तब योनी सुख्खा हुन्छ र यौन सम्पर्क गर्दा पीडा महशुस हुन्छ । यसबाट योनीमा संक्रमणको लक्षण देखिनसक्छ । महिनावारी रोकिने क्रममा हर्मोनको परिवर्तनका कारण पनि योनी रसको उत्पादनमा ह्रास आउँछ ।

बच्चा जन्माइसकेपछि र स्तनपान गराउँदा अक्सिटक्सिन र प्रोलाक्टिनको बढी उत्पादनले पनि योनी सुख्खा हुन्छ । यदि कुनै औषधि सेवन गरिएको छभने पनि योनी सुख्खा हुनसक्छ । यदि यस्ता कुनै पनि कारण होइनन् भने तपाईंमा दिक्दारीपन, चिन्ता, सम्बन्धमा तनाब, झगडाजस्ता कारण यौन चाहना घट्नुमा जिम्मेवार हुन सक्छन् । यौन सम्बन्धको बेलामा पर्याप्त मात्रामा ‘फोर प्ले’को कमीले पनि योनी सुख्खा हुन्छ र दुख्छ । सुख्खा हुँदा योनी चिलाउने, अप्ठ्यारो महशुस हुने, पोल्ने, हल्का रक्तश्राव हुने, छिनछिनमा पिसाब हुने समस्या देखिन्छ । यौन सम्बन्धको राम्रो विस्तार नहुँदा सन्तान प्राप्तिमा पनि ढिलाइ हुन्छ ।

योनीमा देखिएको सुख्खापनका कारण पनि यौन असन्तुष्टि हुन्छ र मानिसमा त्यसको मनोवैज्ञानिक असर पारिरहेको हुन्छ । सन् २००९ मा ४१ देखि ४८ वर्षका ६ सय ७७ महिलामा गरिएको अध्ययनले ६८ प्रतिशत यौन क्रियाकलापमा संलग्न रहेको देखायो ।

बाँकी ३२ प्रतिशतमध्येका ७० प्रतिशतले उपयुक्त यौनसाथी नपाएकाले सन्तुष्टि नमिलेको बताए । यस्तै, चार प्रतिशतले योनीको सुख्खापनका कारण हुने पीडाले यौन गतिविधिलाई प्रतिकूल प्रभाव पारेको धारणा व्यक्त गरे । योनी चिप्लो बनाइराख्न प्राकृतिक तेल प्रयोग गर्न सक्नुहुन्छ । डाक्टरको सल्लाहअनुसार अन्य जेलहरु पनि उपयुक्त हुनसक्छन् । आफू यौनका लागि इच्छुक भए र नभएको बारेमा श्रीमानसँग खुलेर कुरा गर्नुस् । यौनमा संवादको ठूलो भूमिका हुन्छ ।

तपाईंमा यौन इच्छा छ भने त्यहीअनुरुपको आचरण गर्नुस् । यौन सम्पर्क गर्ने मन छैनभने श्रीमान्सँग हँसिलो भएर भन्नुहोस्, ‘डियर, आज हुन्न है ।’ तपाईंको श्रीमान् वास्तवमै तपाईंलाई माया गर्ने खालका हुन् भने उनले यौन सम्पर्कको अपेक्षा नगर्लान् । यौन इच्छाको कमी र योनी सुख्खा हुने समस्याबारे तपाईं श्रीमानसँग सल्लाह गर्नुहोस् । यो समस्या दम्पत्तीको हो, यसलाई मिलेरै समाधान गर्नुहोस् । आपसमा प्रेम र विश्वासको वातावरण बढाउनुहोस् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार
देशभर ४३ विपद्का घटना, १३ जना घाइते
२०८३ कार्तिक १५, आइतबार
कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट
२०८३ कार्तिक १५, आइतबार
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
२०८३ कार्तिक १५, आइतबार
इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प
२०८३ कार्तिक १५, आइतबार