मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

पदको प्रतिष्ठा र बोर्डको गरिमा कायम गर्न नसक्ने धितोपत्र बोर्डका अध्यक्षलाई निलम्बन गर्न कर्मचारी युनियनको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गर्न बोर्डको कर्मचारी युनियनले माग गरेको छ ।

आइतबार बोर्डको कर्मचारी सङ्गठनले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुङ्गानाले पदको प्रतिष्ठा र बोर्डको गरिमा कायम गर्न नसकेको भन्दै निलम्बन गर्न माग गरेको हो ।

‘बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन उक्त कार्यमा संलग्नहरूलाई तत्काल निलम्बन गरी ऐनको दफा ७(७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानुनका आधारमा सम्बन्धित तत् निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानबिन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न युनियन जोडदार माग गर्दछ ।’ युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया