कार्तिक १५, २०८३ आइतबार November 1, 2026

साउनमा मेहेन्दि र हरियो-पँहेलो चुरा लगाउनुको कारण यस्तो छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रत्येक वर्ष साउन लागेसँगै हरिया–पहेँला चुरा, मेहेन्दीले युवतीहरू सजिन्छन् । महिलाहरूले यसरी चुरा लगाउनुको कारण धार्मिक आस्था हो । श्रावणमा हरियो चुरा र कपडा लगाउनाले भाग्य प्रभावित हुने विश्वास छ ।

साउन महिना हरियालीको महिना पनि हो । हरियो चुरा र साडी लगाएर नारीले शिव भगवानको विशेष पूजा अर्चना गर्छन् । जसका कारण आफू र पतिको आयु बढ्ने विश्वास रहि आएको छ ।

श्रावणमा हरियो पहिरिँदा शिव भगवान् खुसी हुने धार्मिक विश्वास छ । जब भक्तले स्वयंलाई प्रकृतिसँग नजिक ल्याउँछन्, तब भगवान् शिवले उनीहरूको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ ।

श्रावणमा हरियो रंगको चुरा पहिरिने महिलासँग भगवान् विष्णुसमेत प्रसन्न हुने मिथ छ । हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक ऊर्जा वृद्धिको प्रतीक हो । हरियो उपचारको रंग पनि हो, जुन मुटुसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ ।

यस्तै विश्वास र भक्तिसँगै यस वर्षको साउन पनि सुरु भएको छ । महिलाको हातमा असारको अन्तिम सातादेखि नै हरियो तथा पहेँलो चुरा खन्किन थालेको छ । विभिन्न सामाजिक सञ्जालमा महिलाले हरियो, पहेँलो चुरा तथा मेहेन्दी लगाएको फोटो सार्वजनिक गरिरहेका छन् ।

महिलाको आस्थालाई सम्मान गर्दै विभिन्न कार्यालयले पनि आफ्ना महिला कर्मचारीलाई हरियो चुरा तथा नङपालिस दिने गरेको पाइन्छ । चुरासँगै विवाहित नारीले पोते र हातमा मेहेन्दी लगाएको पाइन्छ ।

यस्तो प्रचलन पछिल्लो समय झनै बढेर गएको छ । यसको धार्मिक आस्था बुझेरभन्दा पनि फेसनका निम्ति लगाउने युवतीहरू पनि त्यत्तिकै छन् ।- महिला स्वास्थ्य

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार
देशभर ४३ विपद्का घटना, १३ जना घाइते
२०८३ कार्तिक १५, आइतबार
कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट
२०८३ कार्तिक १५, आइतबार
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
२०८३ कार्तिक १५, आइतबार
इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प
२०८३ कार्तिक १५, आइतबार