मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

बलिउड अभिनेत्री शिल्पाद्वारा सञ्चारमाध्यमविरुद्ध क्षतिपूर्ति माग गर्दै मुद्दा दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाणडौंः बलिउड अभिनेत्री शिल्पा शेट्ठीले सञ्चारमाध्यमले आफ्नो चरित्रहत्या गरेको भन्दै सञ्चारमाध्यमविरुद्ध दुई सय ५६ करोड भारतीय रुपियाँको क्षतिपूर्ति माग गरी मुद्दा दायर गरेकी छिन्।

टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा जनाइएअनुसार शिल्पाले विभिन्न सञ्चारमाध्यममा आएका बिनाप्रमाणका समाचारले आफू र आफ्नो करिअर तथा परिवारमा नकारात्मक असर गरेको भन्दै उनीहरूविरुद्ध मुम्बई उच्च अदालतमा मुद्दा दाएर गरेकी छिन् ।

यसका साथै उनले सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राम समेतलाई मुद्दा हालेको समाचारमा उल्लेख छ। साथै, शिल्पाले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफ्ना पति राज कुन्द्राको केस अनुसन्धान भइरहेकोले आफू र राजको बारेमा तथ्यहीन शीर्षक राखेर कुनै पनि सामग्री प्रकाशित नगर्न आग्रह गरेकी छिन्।  – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया