कार्तिक १५, २०८३ आइतबार November 1, 2026

डरलाग्दो गाउँ, जहाँ बेडरूम, किचन र बाथरुम विशालु सर्प भेटिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भारतको मध्यप्रदेशस्थित एक गाउँमा यति धेरै सर्प पाइन्छ कि जसका कारण गाउँको नाम नै नागचुन रहन गयो ।

नागचुन गाँउको सबैभन्दा रोचक कुरा त के छ भने यस गाउँको बाटो, खेत वा घर आसपासमा मात्र होइन घरभित्र बेडरूम, किचन र दराजमा समेत विशालु सर्प भेटिन्छ ।

हो, यस गाउँमा घरभित्र किचन, बेडरूम, बाथरूम वा आगन यत्रतत्र सर्प भेटिन्छ । नागचुनको हवाईपट्टिको सामुन्नेमा रहेको सयौं एकड जग्गामा विशालु सर्प भेटिन्छ ।

यस गाउँमा ६/७ पिढि देखि बस्दै आएका स्थानीयका अनुसार गाउँमा अत्यधिक सर्प भेटिन थालेपछि कुनै पनि शुभकार्य गर्दा शुरुवातमा नाग देवताको पूजा गरिन थालियो । पछि मन्दिर बनाएर हरेक महिनाको पञ्चमीमा नाग देवताको पूजा हुदै आएको छ ।

यसरी गाउँमा जताततै विशालु सर्प भेटिनुको कारण बारे जन्तु विज्ञानका भारतीय विशेषज्ञ राजेश सिंहका अनुसार नागचुन गाउँ भौगोलिकस्थित अनुसार सर्पका लागी अनुकूल रहेको छ ।

यस गाउँमा बाँस, पोखरी, नहर तथा चट्टानी क्षेत्र भएकाले यस्तो स्थान सर्पका लागी प्राकृतिक रूपले अनुकुल मानिन्छ । यस्तो स्थानमा सर्पको भोजन, स्वास्थ्य, सुरक्षा र उत्पादन सहज हुन्छ ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार
देशभर ४३ विपद्का घटना, १३ जना घाइते
२०८३ कार्तिक १५, आइतबार
कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट
२०८३ कार्तिक १५, आइतबार
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
२०८३ कार्तिक १५, आइतबार
इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प
२०८३ कार्तिक १५, आइतबार