असार २१, २०८२ शनिबार July 5, 2025

आन्तरिक उडानमा विदेशी र नेपालीलाई हवाई भाडा समान बनाइन्छ : पर्यटनमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी र नेपालीका लागि भाडादर समान बनाइने बताएका छन् । पोखरामा जारी लिट्रेचर फेस्टिवलमा भाग लिन पुगेका मन्त्री भट्टराईले एक अन्तर्क्रियामा बोल्दै यस्तो बताएका हुन् ।

उनले भाडादर समान गराउन आफू विमान सेवा कम्पनीहरुसँग छलफलमा रहेको जानकारी दिएका छन ।

‘म सबैलाई सहमतिमा ल्याएरै समान भाडादर कायम गर्ने योजनामा छु,’ मन्त्री भट्टराईले भने, ‘संसारका कुनै पनि मुलुकमा स्वदेशी र विदेशीका लागि फरक–फरक भाडादर हुँदैन र नेपालमा पनि हुनेछैन ।’

कार्यक्रममा एक सहभागीले मन्त्री भट्टराईलाई ‘कसको सेटिङमा विदेशीलाई बढी भाडा असुल्ने कार्यविधि बनाउनुभयो ?’ भनी सोधेका थिए । जवाफमा उनले आफूले यस्तो कार्यविधि नबनाएको उल्लेख गर्दै कसले बनाएको भनेर इतिहास खोतल्न सुझाव दिएका छन ।

यसअघि मन्त्री भट्टराईले एक कार्यदल गठन गरेर हवाई भाडामा लिएको दोहोरोपनबारे अध्ययन गराएका थिए । कार्यदलको अध्ययनअनुसार नेपालीको तुलनामा विदेशी नागरिकले करीव दोब्बर मूल्य तिरेर नेपालमा हवाई यात्रा गर्नपेरेको छ । यसले नेपाल महंगो गन्तब्यका रुपमा समेत स्थापित भइरहेको छ । विदेशीका लागि लिइने महंगो शूल्क हटाएर समान बनाउन सरकारद्वारा गठित कार्यदलले सुझाव दिएको छ ।

हवाई उद्योग तथा एयरलाइन्सहरुको अन्तर्राष्ट्रिय भाडादर निर्धारण बजारको माग र आपूर्तिले गर्ने भएकाले राष्ट्रिय हवाई भाडादरमा पनि सोही नीति अवलम्बन गर्नुपर्ने सुझाव कार्यदलको रहेको छ । सरकारले पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा हवाईका विविधि विषयमा सुझाव दिन कार्यदल गठन गरेको थियो । कार्यदलले डलर फेयर हटाएर समान भाडादर कायम गर्न सुझाव दिएको हो ।

विदेशी कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थामा कार्यरत कूटनीतिक तथा विदेशी नागरिकले समेत असमान भाडादरमा चासो राख्ने गरेका छन् । नेपालले भ्रमण वर्ष मनाइरहेको सन्दर्भमा डलर फेयर घटाउने घोषणा गरी पर्यटकलाई प्याकेज दिन सकिनेबारे पर्यटन व्यवसायीले माग गर्दै आएका छन् । तर, वायुसेवा संचालक भने डलर फेयर हटाउन नहुने पक्षमा छन् । त्यसबाट मुनाफा घट्ने र सेवा संचालनमै कठिनाई हुने दावि कम्पनीहरुको रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार