कार्तिक १५, २०८३ आइतबार November 1, 2026

मान्छेको जन्म समयबाट थाहा हुन्छ स्वभाव र भविष्य, हेर्नुहोस् कुन समयको कस्तो स्वाभाव ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ज्योतिषको मद्दतले जन्म समयको आधारमा कुनै पनि व्यक्तिको भविष्य र स्वभावको जानकारी पाउन सकिन्छ । राती जन्मेका र दिउँसो जन्मेका मानिसहरुबीच निकै भिन्नता हुन्छ ।

ज्योतिषाचार्य पं.मनिष शर्माका अनुसार राती जन्मेका मानिसहरु धेरै जोखिम मोल्छन् भने दिउँसो जन्मेकाहरु काम प्रति धेरै इमान्दार रहन्छन् ।
ज्योतिष शास्त्र अनुसार थाहा पाउनुस् दिउँसो र राती जन्मेका मानिसहरुको स्वभाव कस्तो हुन्छ ।

दिउँसो जन्मेका मानिसहरुको स्वभावः

– दिउँसो जन्मेका भन्दा राती जन्मेका मानिसहरु साहसी हुन्छन् ।

– स्वास्थ्यको मामलामा दिउँसो जन्मेका मानिसहरु भाग्यमानी हुन्छन् । उनीहरुको स्वास्थ्य निकै राम्रो हुन्छ ।

– राती जन्मेका मानिसहरु थोरै अल्छी हुन्छन् तर दिउँसो जन्मेकाहरुले कुनै पनि काममा अल्छी हुँदैनन् । प्रत्येक काम इमान्दारीपूर्वक गर्न रुचाउँछन् ।

– यी व्यक्तिहरु भावुक हुन्छन्, अरुको समस्या देख्न सक्दैनन् र मद्दतका लागि सधैं तत्पर रहन्छन् ।

– उनीहरु भगवानप्रति पूर्ण विश्वास राख्छन् र उनीहरुको स्वभाव धर्मबाट प्रभावित हुन्छ ।

– उनीहरु शान्तीपूर्वक काम गर्न रुचाउँछन् ।

– राती जन्मेका भन्दा दिउँसो जन्मेकाहरुलाई कम रिस उठ्छ । उनीहरुको रिस चाँडै नै कम हुन्छ पनि ।

– घर परिवार र समाजमा उनीहरुले मान–सम्मान पाउँछन् ।

– आफ्नो कर्मसहित कहिलेकाँही भाग्यमा पनि उनीहरु विश्वास गर्छन् ।

– जीवनसाथीप्रति इमान्दार रहन्छन् र सबैको सुखलाई ध्यानमा राख्छन् ।

राती जन्मेका मानिसहरुको स्वभावः

– राती जन्मेका मानिसहरुको कुण्डलीमा बृहस्पती र राहु बलियो हुन्छ त्यसकारण उनीहरुलाई कहिले पनि पैसाको कमी हुँदैन ।

– राती जन्मेका मानिसहरु आलोचक हुन्छन् । त्यसकारण उनीहरु सबैको आलोचना गरिरहेका हुन्छन् ।

– यी व्यक्तिहरु फ्रेन्डली हुन्छन् । दिउँसो जन्मिनेभन्दा राती जन्मेकाहरु साथी बनाउन निकै सिपालु हुन्छन् ।

– राती जन्मेका व्यक्तिहरु निकै आत्मविश्वासी हुन्छन् त्यसकारण उनीहरु सार्वजनिक स्थानमा आफ्नो कुरा निकै खुलेर प्रस्तुत गर्न सक्छन् ।

– यी व्यक्तिहरु धेरै कल्पनाशील र रचनात्मक स्वभावका हुन्छन् ।

– उनीहरु साहसी हुन्छन्, जस्तोसुकै जोखिम लिन तयार रहन्छन् ।

– उनीहरु चाँडै नै समस्या पत्ता लगाउन सक्छन् र त्यसको समाधानमा तत्पर रहन्छन् ।- मालपोत खबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार
देशभर ४३ विपद्का घटना, १३ जना घाइते
२०८३ कार्तिक १५, आइतबार
कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट
२०८३ कार्तिक १५, आइतबार
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
२०८३ कार्तिक १५, आइतबार
इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प
२०८३ कार्तिक १५, आइतबार