चैत्र १६, २०८० शुक्रबार March 29, 2024

‘संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम’ आज सार्वजनिक गरिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सत्ता गठबन्धनको बैठकले आज आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको हो ।

कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवा लगायत शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया