मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सेनाको निगरानीमा तयार हुँदै होल्डिङ सेन्टर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा स्थायी होल्डिङ सेन्टरको निर्माणलाई तीव्रता दिएको छ ।

कोरोनाको तेस्रो लहरलगायत मुलुकमा आउनसक्ने महामारी र विपद्का बेला नागरिक व्यवस्थापनका लागि २९ करोडको लागतमा होल्डिङ सेन्टर निर्माण गरिरहेको बताइएको छ ।

चालु आवमा नेपाली सेनाले पश्चिमी नाकासहित मुलुकभरमा आठ वटा स्थानमा होल्डिङ सेन्टर बनाउन थालेको छ । यहाँस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर व्यारेकका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीले एक हजार श्ययाको होल्डिङ निमार्ण भइररहेको जानकारी दिए । कोरोनाको पहिलो र दोस्रो लहरमा स्थानीय प्रशासनसँग समन्वय गरेर गड्डाचौकीमा अस्थायी होल्डिङ सेन्टर बनाएर सेवा दिन सक्रिय रहेको सेनाले स्थानीय तहसँग सहकार्य गर्दै आइसोलेसन वार्ड र कोरोना जोखिम न्यूनीकरणका लागि खटिएको थियो ।

सेनाले हाल होल्डिङ सेन्टरको ६० प्रतिशत भौतिक प्रगति भइसकेको जनाउँदै सो क्षेत्रमा मेडिकल शय्यासहितको आधुनिक होल्डिङ्ग सेन्टर बन्न लागेको जनाएको छ । “पश्चिमी नाका गड्डाचौकीबाट मुलुकभरका नागरिकको ओहोरदोहोर हुने भएकाले सरकारले यहाँ होल्डिङ सेन्टर बनाउन लागेको हो”, सहायक रथी जिसीले भने, “अब महामारी, विपद्लगायत समस्यामा नागरिकले अलपत्र पर्नुपर्दैन ।” कोरोनाको दोस्रो लहरमा गड्डाचौकीमा बनाएको होल्डिङ सेन्टरबाट यात्रुलाई गन्तव्यमा पठाउन र स्वास्थ्य परीक्षणलगायत काममा सहज भएको छ ।

होल्डिङ सेन्टर निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सन प्रालिका कार्यकारी निर्देशक लक्ष्मण सापकोटाले निर्माण कार्य तीव्र रुपमा अघि बढेको जानकारी दिए । “सेन्टरको निर्माणमा सेनाकै प्राविधिक टोली पनि सक्रिय छ”, उनले भने, “यहाँ मेडिकल, शौचालय, खानेपानीलगायत सुविधाको होल्डिङ सेन्टर बनिरहेको छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का
२०८३ मंग्सिर १, मंगलबार
तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका २१ कराते खेलाडी तयार
२०८३ मंग्सिर १, मंगलबार
चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान
२०८३ मंग्सिर १, मंगलबार
बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो
२०८३ मंग्सिर १, मंगलबार
रसुवाको ओझेलमा परेको डिल्पु कुण्ड, पर्यटन प्रवर्द्धनको प्रतीक्षामा
२०८३ मंग्सिर १, मंगलबार
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना
२०८३ मंग्सिर १, मंगलबार