असोज १३, २०८३ मंगलबार September 29, 2026

अमेरिका पठाइदिने प्रलोभन पारी साँढे ४० लाख ठग्ने लालबहादुर पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अमेरिका पठाइदिने प्रलोभन देखाएर ४० लाख रुपैयाँ ठगी गर्न खोज्ने लालबहादुर कार्की पक्राउ परेका छन्।

उनले पाँचथर तुम्बेवा–५ हाङ्गुमका ध्रुवकुमार राईलाई भ्रमण भिसामा दुबई हुँदै अमेरिका जान ४० लाख रुपैयाँ लाग्ने आस देखाएका थिए।

प्रहरीका अनुसार कार्कीले राईलाई अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलब हुने जागिर लगाइने आश्वासन दिएका थिए। यस क्रममा उनले राईबाट एघार लाख पचास हजार रुपैयाँ लिएका थिए। उक्त रकम लिएर फरार भएका कार्की राईले दिएको उजुरीका आधारमा पक्राउ परेका हुन्।

कार्कीलाई झापाको अर्जुनधारा– ५ शान्तिचोकबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार