काठमाण्डौंः प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच वार्ता सुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ पाँच बजेबाट वार्ता सुरु भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ ।
स्वास्थ्य क्षेत्रका बेथिति र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको राजीनामा लगायतका विभिन्न पाँच सुत्रीय माग राखेर गत श्रावण २२ गते अनशन बस्ने घोषणा गरेका डा. केसीलाई प्रधानमन्त्री देउवाले वार्ता गर्न बालुवाटार बोलाएका हुन् ।
डाक्टर केसी ३ गतेदेखि अनसन बस्ने तयारीमा थिए । प्रधानमन्त्रीले बोलाएपछि डा. केसी आफ्ना सहयोगी पृतम सुवेदी सहित केदारभक्त माथेमा, अधिवक्ता ओम प्रकाश अर्याल र जीवन क्षेत्री सहितको टोली ५ बजे बालुवाटार गएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया