काठमाण्डौंः प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई मंगलबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बिच शपथग्रहण गराउनु भएको हो ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमति वद्यादेवी भण्डारीज्यू समक्ष नेपालको संवधानको धारा १६७ बमोजिम श्री हरिशंकर मिश्र, महोत्तरीले प्रदेश नं. २ को प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया