मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बागमती प्रदेशको मुख्यमन्त्रीमा एमाले नेतृ अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेतृ शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यसअघि बुधबार अपराह्न डोरमणि पौडेलले मुख्यमन्त्री र एमाले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । पौडेलले राजीनामा दिएसँगै उनकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको थियो ।

पौडेलले एमालेलाई एकढिक्का बनाउन आफूले राजीनामा दिएको बैठकमा बताएका थिए । एमाले उपाध्यक्षसमेत रहेकी शाक्य नेता माधवकुमार नेपाल समूहमा रहे पनि पार्टी विभाजनको विपक्षमा उभिएकी हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया