कार्तिक १५, २०८३ आइतबार November 1, 2026

सबै यौन साथी एकैखाले हुँदैनन् ? कस्ता हुन्छन् त यौन साथी ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैँ :  दाम्पत्य सम्बन्ध कति सुमधुर छ भन्ने कुरा उनीहरुको यौन जीवनले पनि निर्धारण गर्छ । के पनि भनिन्छ भने, सफल यौन जीवनले दम्पतीको सम्बन्ध प्रगाढ बनाउने मात्र होइन, निरोगी पनि हुन्छ । तर, यसका लागि त्यो यौन क्रिया रचनात्मक र सक्रिय हुनुपर्छ ।

यौनका अनेक प्रवृत्ति हुन्छन् । यसका तौर तरिका, विधी हुन्छन् । शारीरिक तथा मानसिक तनाव हटाउने विधी पनि हो, यौन । यौन शारीरिक क्रिया भएपनि यसमा भावना जोडिएको हुन्छ । त्यसैले यौन क्रिया र त्यसबाट लिने सन्तुष्टि सबैमा एकरुपता हुँदैन । खासगरी पार्टनरको सोचाई, बुझाई आदिले यसमा खास भूमिका खेल्छ । किनभने, यौन साथी एकैखाले हुँदैनन्, धेरै थरीका हुन्छन् । कस्ता कस्ता हुन्छन् त यौन साथी ?

रोमान्टिक पार्टनर

यस्तो दम्पती यौन सम्पर्कका बेला निकै मस्ती गर्छन् । पार्टनरलाई उत्तेजित गराउनका लागि अनेक जुक्ति निकाल्छन् । साथै आफ्ना पार्टनरबाट पनि यस्तो अपेक्षा गर्छन् कि, उनले पनि यौनमा सक्रियतापूर्वक सहभागी जनाओस् । यस्ता दम्पती यौन सम्बन्धको क्रममा यस्तो सेक्सअल फ्यान्टासीबाट प्रेरित हुन्छ, जो उनीहरुले कहि देखेको वा पढेको हुन्छ । उनीहरुको यौन जीवन सफल र सन्तुष्ट हुन्छ ।

उदासिन पार्टनर

कति दम्पती यस्ता हुन्छन्, जसको यौन जीवन एकदमै खल्लो हुन्छ । कामको बोझ, पारिवारिक तनाव, रोग, सम्बन्ध अदिको कारण उनीहरुमा यौनप्रति कुनै रुची हुँदैन । यौन मनोविज्ञहरु भन्छन्, ‘कतिपय अवस्थामा सबैकुरा ठीकठाक भएर पनि दम्पती यौनमा उदासिन हुन्छन् ।’ जो पार्टनर यौनमा उदासिन हुन्छन्, उनीहरुले आफ्नो यौन क्षमता पनि गुमाउँछन् । यौन उदासिनताले पार्टनरबीचको सम्बन्धमा समेत खटपट ल्याउन सक्छ । कतिले चाहि आफ्नो यौन इच्छा दबाएर बस्छन् । उनीहरु यौनलाई भन्दा अरु कुरालाई बढी महत्व दिन्छन् ।

यदि पार्टनरले यौन रुची देखाएपनि उनीहरु त्यसमा खासै चासो दिदैनन् । पार्टनरको अनुरोधमा उनीहरु तयार त हुनसक्छन्, तर स्वयम पहल गर्दैनन् । र, सक्रिय पनि हुँदैनन् ।

भावनात्मक रुपले जोडिएका पार्टनर

यस्तो दम्पती यौन सम्बन्धका क्रममा भावनात्मक रुपले पनि आपसमा जोडिने प्रयास गर्छन् । उनीहरुको लागि शारीरिक क्रिया दोस्रो प्राथमिकताका विषय हुन् । उनीहरुको लागि यौन एउटा माध्याम हो, आफ्ना पार्टनरसँग सम्बन्ध बनाउने । यस्तो दम्पतीले यौन सम्पर्कका लागि आफ्ना पार्टनरलाई कहिल्यै दवाव दिदैनन् । उनीहरु मिलनसार र समझदार हुन्छन् । उनीहरु यौन सम्पर्कका क्रममा पनि एकअर्काको सन्तुष्टिमा बढी केन्दि्रत हुन्छन् ।

अधिक विश्वासिला पार्टनर

यस किसिमको दम्पती जीवनलाई सुमधुर र सुखद बनाउने विधीको रुपमा यौनलाई लिन्छन् । उनीहरु आफ्नो दैनिक जीवनयापनका क्रममा आइपर्ने झन्झट, तनाव आदि हटाउनका लागि यौनको साहारा लिन्छन् । साथै यौन जीवन सफल बनाउन योग, व्यायाम, ध्यान गर्छन् । उनीहरुको सोचाई हुन्छ कि, यौन नै तनाव कम गर्ने राम्रो औषधि हो ।

यौनमा लत भएका पार्टनर

कुनै दम्पती यस्ता हुन्छन्, जसले यौनलाई सर्वोपरी ठान्छन् । मौका पाउनसाथ उनीहरु यौनको आनन्द उठाउन छाड्दैनन् । पार्टनरले रुची राखोस् वा नराखोस्, परिस्थिती अनुकुल होस् वा प्रतिकुल, उनीहरु वेपर्वाह यौनमा तल्लिन हुन रुचाउँछन् । यस्ता पार्टनर आफ्नो सन्तुष्टिमा केन्दि्रत हुन्छन् । यौनमा लत भएकाहरुले पार्टनरलाई केवल आफ्नो यौन तृप्त गर्ने साधनको रुपमा बुझ्छन् ।

कामुक पार्टनर

यस्ता दम्पती कामुक प्रवृत्तिका हुन्छन् । उनीहरुमा यौनको इच्छा एकदमै तिब्र हुन्छ । उनीहरुको सम्बन्ध जहिलेपनि तातिरहेको हुन्छ । यौन मनोविज्ञका अनुसार यस्ता दम्पतीले यौनलाई नै महत्वपूर्ण हिस्सा ठान्छन् । यहि कारण यौन सम्बन्धका क्रममा उनीहरु आक्रमक पनि हुने गर्छन् ।

स्वार्थी पार्टनर

केहि यस्ता यौन साथी हुन्छन्, जो शारीरिक सम्बन्धका बेला केवल आफ्नो सन्तुष्टिलाई मात्र ध्यान दिन्छन् । उनीहरु चाहन्छन् कि, बेडरुममा आफुले जे चाह्यो पार्टनर त्यही अनुरुप प्रस्तुत भइदियोस् । हरेक यौन क्रिया उनी आफ्नो ढंग र रुची अनुसार गर्न चाहन्छन् । उनीहरु आफ्नो पार्टनरको खुसी र सन्तुष्टमा कतिपनि ध्यान दिदैनन् ।एजेन्सी सहयोग

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार
देशभर ४३ विपद्का घटना, १३ जना घाइते
२०८३ कार्तिक १५, आइतबार
कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट
२०८३ कार्तिक १५, आइतबार
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
२०८३ कार्तिक १५, आइतबार
इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प
२०८३ कार्तिक १५, आइतबार