काठमाडौंः मनसुनी वायुको प्रभाव कायमै रहनाले देशभरिको मौसम बदली भएको छ । आज देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसोपछि प्रदेश १, वाग्मती प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ । यसैगरी आज राति प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । अ
मनसुनी वायुको प्रभाव केही दिनसम्मै रहने भएकाले विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । यसका लागि आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया