मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

मोदीका विश्वासपात्र चौथाईवालेले प्रधानमन्त्री देउवालाइ भेटेरै दिए बधाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका शीर्ष तहका नेताहरु केहीदिनदेखि काठमाडौंमै रहेको भनिएका बेला आज भाजपा नेता चौथाइले प्रधानमन्त्री देउवालाइ भेटेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको भेटवार्ताका बिषयमा प्रधानमन्त्रीको सचिवालयले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन । यद्यपी उनीहरुबीच नेपालको पछिल्लो राजनितिक अवस्थाका बिषयमा भेटवार्ता भएको बताईएको छ । उक्त भेटवार्तामा कांग्रेस महामन्त्री डा. प्रकाशशरण महत समेत सहभागी थिए ।

नेपालमा सरकार परिवर्तन र राजनीतिक दलसम्बन्धी अध्यादेशले नयाँ तरंग पैदा गरेको बेला भारतीय नेताहरुको आगमन हुनु र अकस्मात भेटवार्ता हुनुलाइ निकै चासो र अर्थपूर्णरुपमा हेरिएको छ ।

उक्त भेटवार्तामा भाजपा नेता चौथाइवालेले प्रधानमन्त्री देउवालाइ सफल कार्यकालको शुभकामना दिनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट शुभकामना सन्देश समेत सुनाएको बताइन्छ ।

एक महिना अघि प्रधानमन्त्री नियुक्ति भएर संसदमा विश्वासको मत लिएपछि मात्रै भारतीय प्रधानमन्त्री मोदीले देउवालाई औपचारिक बधाई दिएका थिए । विगतका परम्पराझै हालसम्म प्रधानमन्त्री देउवाले भारत भ्रमणको निम्तो अझैसम्म पाएका छैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया