मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरी बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि भएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरेको हो ।

मूल्य बृद्धिपछि काठमाण्डु उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३०, डिजेल तथा मट्टितेलको ११३ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८६ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोलकाे मूल्य १२८, डिजेल र मट्टितेलकाे १११ रूपैयाँ थियो ।

निगमले एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको निगमले जनाएको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया