कार्तिक १५, २०८३ आइतबार November 1, 2026

कुन राशिका व्यक्तिले घरमा कस्तो बिरुवा लगाउने ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः घरमा आसपास बोटबिरुवा लगाउनाले हरियाली त हुन्छ नै साथसाथै परिवारको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्दछ । तर, हामिले रोप्ने फूल, बिरुवाहरु सही दिशामा रोपिएन भने यसले वास्तु दोष उत्पन्न गराउँने शास्त्रमा उल्लेख छ ।

हुनत अहिलेको आधुनिक समयमा धर्म शास्त्र, ज्योतिष शास्त्रको विश्वास गर्ने मानिस कमै हुन्छन् । तर, पनि ज्योतिष शास्त्रअनुसार ग्रहको स्वामीको शुभ बढाउनको लागि घरमा बिरुवा रोप्नु पर्ने बताएका छन् ।

मेष वा वृश्विक- जुन व्यक्तिको राशि मेष वा वृश्विक छ ती व्यक्तिले मंगल ग्रहलाई प्रसन्न गर्नका लागि घरमा रातो फूल फूल्ने विरुवा रोप्नु राम्रो हुन्छ।

वृष वा तुला- तुला र वृष राशि भएका व्यक्तिहरुले ग्रह स्वामीको शुक्रलाई प्रसन्न गराउनका लागि घरमा सेतो फूल फूल्ने विरुवा रोप्नु राम्रो रहन्छ।

मिथुन वा कन्या- जुन व्यक्तिको राशि मिथुन वा कन्या रहेको हुन्छ ती व्यक्तिले बुध ग्रह स्वामीलाई प्रसन्न बनाउनका लागि घरमा फूल नफूल्ने साना साना विरुवा रोप्नु राम्रो हुन्छ।

कर्कट राशि- कर्कट राशि भएका व्यक्तिले ग्रह स्वामी चन्द्रको प्रसन्न गराउनका लागि घरमा तुलसी वा अन्य साना औषधिजन्य बोट विरुवा रोप्नु राम्रो हुन्छ।

सिंह राशि- यो राशी भएका व्यक्तिले घरमा रातो रंगको फूल्ने विरुवा रोप्नु शुभ मानिन्छ।

धनु वा मिन- धनु र मिन राशीको ग्रह स्वामी बृहस्पति हो ।, तसर्थ ग्रह स्वामी बृहस्पतिको प्रसन्न बनाउनका लागि घरमा पहेलो फूल फुल्ने विरुवा लगाउदा शुभ मानिन्छ।

मकर वा कुम्भ- मकर वा कुम्भ राशि भएका व्यक्तिले शनिदेवलाई प्रसन्न बनाउनका लागि फूल नफूल्ने विरुवा रोप्नु शुभ मानिन्छ। – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार
देशभर ४३ विपद्का घटना, १३ जना घाइते
२०८३ कार्तिक १५, आइतबार
कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट
२०८३ कार्तिक १५, आइतबार
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
२०८३ कार्तिक १५, आइतबार
इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प
२०८३ कार्तिक १५, आइतबार