काठमाडौंः एमालेका असन्तुष्ट नेताहरुको प्रस्ताबित पार्टी नेकपा एकीकृत समाजवादी र जसपाको असन्तुष्ट नेताहरुको प्रस्ताबित पार्टी लोकतान्त्रिक समाजवादी पार्टी सनाखतका लागि निर्वाचन आयोगमा पुगेका छन् ।
निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका दुवै पार्टीलाई आज बुधबार सनाखतका लागि बोलाएको थियो । आयोगले दुबै दललाई सनाखतका लागि अढाइ घण्टा समय निर्धारण गरेको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बिहान ११:३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकिएको छ । आयोगले भौतिकरुपमा उपस्थित हुन भनेपछि दुवै पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका हुन्।
माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया