काठमाण्डौंः रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई नियुक्तिपत्र प्रदान गरेका छन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गत श्रावण २६ गतेबाट कायममुकायम प्रधान सेनापति सम्हाल्ने अख्तियारी पाउनुभएका बलाधिकृत रथी शर्मालाई बुधबार रक्षा सचिव पौड्यालले एक कार्यक्रमका बीच मन्त्रालयमा नियुक्ति पत्र प्रदान गरेका हुन् ।
उक्त कार्यक्रममा नेपाली सेनाका पि.एस.ओज. रथीवृन्द तथा रक्षा मन्त्रालयका कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया