मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

भारतीय प्रमको पुत्ला जलाईएको प्रति गृहको गम्भीर आपत्ती (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गृह मन्त्रालयले भारतीय प्रधानमन्त्रीको पुत्ला जलाएको घटनालाई लिएर गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयद्वारा आइतबार विज्ञप्ति जारी गर्दै छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच पुग्ने गरि भएको घटना निन्दनीय र आपत्तिजनक भएको र सो घटना प्रति गृह मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

दार्चुलामा नेपाली नागरिक तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनालाई लिएर नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले शुक्रबार भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो । मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधि नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने पनि गृह मन्त्रालयले जनाएको छ ।

नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँगको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिवद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि गतिविधिहरु नगर्न गृह मन्त्रालयले सबैसँग आग्रह गरेको छ ।

विज्ञप्तीको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान
२०८३ मंग्सिर १, मंगलबार
बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो
२०८३ मंग्सिर १, मंगलबार
रसुवाको ओझेलमा परेको डिल्पु कुण्ड, पर्यटन प्रवर्द्धनको प्रतीक्षामा
२०८३ मंग्सिर १, मंगलबार
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना
२०८३ मंग्सिर १, मंगलबार
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
२०८३ मंग्सिर १, मंगलबार
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
२०८३ मंग्सिर १, मंगलबार
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार