भाद्र २८, २०८३ आइतबार September 13, 2026

पृथ्वीको उत्तरी दिशामा नयाँ टापु भेटियो, वैज्ञानिकहरूको यस्तो दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वैज्ञानिकहरूको एक समूहले पृथ्वीको सबैभन्दा उत्तरी दिशामा रहेको टापु पत्ता लगाएको बताएको छ । जुलाईमा वैज्ञानिकहरू सन् १९७८ मा पत्ता लागेको ओणाक टापुबाट नमुना सङ्कलनका लागि उडेका थिए । नयाँ पत्ता लागेको टापु उत्तरी ध्रुवको सबैभन्दा नजिक रहेको वैज्ञानिकहरूको दाबी छ ।

तर जब उनीहरूले आर्टीक क्षेत्रमा रहेका टापुहरूको दर्ता गर्ने डेनिश अधिकारीलाई आफ्नो अवस्थिति बताए, उनीहरू ओणाक टापुबाट ८०० मिटर उत्तरमा अर्कै स्थानमा रहेको थाहा पाए।

उनीहरूले ६० मिटर लामो र ३० मिटर चौडाइको सो टापु उत्तरी ध्रुवको सबैभन्दा नजिक रहेको जमिन भएको बताएका छन्।डेनमार्कको अधीनमा रहेको ग्रीनल्यान्ड उत्तरी ध्रुव नजिकको ठूलो टापुहरूको क्षेत्र हो।

“सो टापु मैले संयोजन गरेको डेनिस-स्वीस अध्ययन भ्रमणको क्रममा पत्ता लागेको हो,” कोपनह्यागन विश्वविद्यालयको ग्रीनल्यान्डस्थित आर्टीक स्टेसनका मोर्टन रास्चले भने।

“हामी पहिले सबैभन्दा उत्तरमा रहेको ठानिएको ओणाक टापु भ्रमण गर्न चाहन्थ्यौँ।”उनले आफ्नो टोलीले “अति चरम वातावरण भएको ओणाक टापुमा कसरी नयाँ प्रजातिहरू बाँचिरहेछन् भन्ने थाहा पाउन नमुना सङ्कलन गर्न चाहेको” बताए।

“हामी एउटा सानो हेलिकप्टरमा छ जना थियौँ र जति बेला हामी ओणाक टापु भएको ठाउँतिर पुग्यौँ, हामीले टापु देखेनौँ,” उनले आर्टीक क्षेत्रको नक्सा धेरै राम्रो नभएको बताउँदै भने।

“त्यसैले हामीले टापु खोज्न थाल्यौँ। र केही रमाइलो मिनेटपछि हामी अनौठो कुनै वनस्पति नभएको माटोमा अवतरण गर्‍यौँ।” “त्यो भ्रमण र धेरै विज्ञहरूसँगको छलफलपछि हामीले एउटा संयोगले पृथ्वीको सबैभन्दा उत्तरमा रहेको टापु पत्ता लगाएको थाहा पायौँ।”

रास्चले बीबीसीलाई वैज्ञानिक हिसाबले नयाँ टापु पत्ता लगाउनु कुनै ठूलो कुरो नभएको बताए। “तर व्यक्तिगत हिसाबले पृथ्वीको सबैभन्दा उत्तरी स्थानको हिलोमा टेक्ने पहिलो छ व्यक्तिमध्ये एक हुनु भनेको रमाइलो कुरा हो।” ती वैज्ञानिकहरूले नयाँ टापुको नाम क्युकेर्टाक अभान्नारलेक राख्न चाहेका छन्। यो ग्रीनल्यान्डको भाषाको नामको अर्थ सबैभन्दा उत्तरी टापु हुन्छ।

सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनल्यान्ड अमेरिकाले किन्ने कुरा गरेपछि सो क्षेत्र चर्चामा छ। डेनमार्कले ग्रीनल्यान्ड बेच्ने कुरालाई अस्वीकार गरेको थियो। -वीवीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार