कार्तिक १५, २०८३ आइतबार November 1, 2026

कुन रोगको बिरामीले के खाने, के नखाने ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः खाना नै ओखति हो र खाना नै विष पनि । जथाभावी खानपानले शरीरलाई रोगी र जीर्ण बनाउँछ भने सुपाच्य, ताजा र सन्तुलित खानाले शरीरलाई निरोगी । कस्तो खाना खाने र कति खाने भन्ने कुराले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । यो कुरा अझ त्यसबेला महत्वपूर्ण हुन्छ, जतिबेला हामीलाई कुनै न कुनै रोगले च्यापिसकेको हुन्छ ।

जस्तो उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम । यस्तो अवस्थामा कस्तो खानपान उचित र कस्तो खानपान अनुचित हुन्छ ? जान्नुपर्छ ।

कब्जियतको समस्यामा

के खाने ?

फाइबरयुक्त सागसब्जी सेवन गर्ने । सिमी लगायतका गेडागुडीमा फाइबरको मात्रा दुई गुणा बढी हुन्छ । यसलाई तरकारीको रुपमा भन्दा सुपको रुपमा खानु लाभदायक हुन्छ ।

मौसमी फलफूल खाने । आलुबखडामा फाइबर धेरै हुने भएकोले कब्जियतको समस्यामा आलुबखडाको सेवन फाइदाजनक मानिन्छ ।

किशमिश, अंजीर, खजुरमा फाइबरको मात्रा धेरै हुन्छ । जसले कब्जियत हटाउन मद्दत गर्छ । ब्रोकाउली, होल ग्रेन, अन्न, पाकेको केरामा फाइबरको मात्रा धेरै हुने भएकाले यस्ता खानेकुरा खानु लाभदायक हुन्छ ।

के नखाने ?

अत्याधिक मासुजन्य परिकार, चिल्लोचाप्लो, तारेको, दुधजन्य परिकार, वोसो बढी भएको खानेकुरा, प्रशोधित खानेकुरा, मैदाजन्य खानेकुरा खान उचित हुँदैन । कालो दाल, भन्टा, मुसुरो लगायत धेरै चिसो खानेकुरा खानु हुँदैन ।

उच्च रक्तचापमा

के खाने ?

लौकाको जुस, ताजा फलफूल, सागसब्जी, मकै, ग्रीन टि सेवन गर्ने । संभव भएसम्म शाकाहारी भोजन अपनाउने । कम चिल्लो भएका दुग्धजन्य उत्पादनहरु खानुपर्छ ।

के नखाने ?

खानामा सोडियमको मात्रा घटाउने । प्रशोधित खानेकुरा, रातो मासु, मदिराजन्य पेय नियन्त्रण गर्नुपर्छ । त्यसैगरी कफी, चिया पनि कम पिउनुपर्छ । उच्च रक्तचापमा चुरोट अरु बढी हानिकारक हुन्छ । त्यसैले धुमपान त्याग्नुपर्छ ।

मधुमेह

के खाने ?

–हरियो सागसब्जी, सोया, मुंग, कालो चना, ब्राउन राइस, राजमा तथा अण्डाको सेतो भाग खानुपर्छ । प्रोटिन तथा फाइबरयुक्त खानेकुरा । फलफूलमा चेरी, स्ट्रबेरी, स्याउ, सुन्तला, अनार, मेवा र सागसब्जीमा करेला, लौका, तोरी, फर्सी, काक्रा उपयुक्त हुन्छ । कलेरा, लौका, टमाटर, एलोभेराको जूस मधुमेहका विरामीलाई लाभदायक मानिन्छ ।

 के नखाने ?

गुड, चिनी, मह, चकलेट, केक, पेस्ट्री लगायतका गुलियो खानेकुरा उचित हुँदैन । मैदा, सुजी, सेतो चामल, सेतो ब्रेड, नुडलस, पिज्जा, विस्कुट नखाने । तारेको तथा भुटेको खानेकुरा, च्याख्ला, मकैको पिठो, प्याकेटका खानेकुरा । आप, केरा, अंगूर, अनारसमा चिनी धेरै हुने भएकोले यस्ता फलफूल पनि खानु हुँदैन ।

आस्थमा

के खाने ?

कागती, किबी, ब्रोकाउली, टमाटर, शिमला मिर्च लगायत भिटामिन सीले भरिपूर्ण खानेकुरा खाने । चोक्करयुक्त गहुँको रोटी, दलिया, मुंगको दाल खाने । प्रोटिन, भिटामिन बी, तथा फाइबरयुक्त खानेकुरा जस्तै, दाल, सोयावीन, अण्डा, हरियो सागसब्जी उचित हुन्छ । भिजाएको बदाम आस्थमाका विरामीका लागि लाभदायक हुनसक्छ ।

के नखाने ?

तारेको तथा भुटेको खानेकुरा, जंक फुड, बासी खाना उचित हुँदैन । दुधजन्य उत्पादन तथा अमिलो र चिसो खानेकुरा खानु हुँदैन । केरा, पाकेको चुकन्दर,  कटर पनि लाभदायक हुँदैन ।

पखलामा

के खाने ?

केरा, दही चामल, मुंगको दालको जाउलो वा सुप, लौका, रायता लगायतको हल्का खानेकुरा उचित हुन्छ । यसैगरी काक्रो, तरबुजा, खरबुजा जस्ता पानीको मात्रा उच्च हुने खानेकुरा लाभदायक हुन्छ । मेवा,  अनार लगायतका फलले फाइदा गर्छ । नरिवल पानी, मोही , कागती पानी, लस्सी, उखुको रस, फलफूलको जूसका साथै दहीमा केरा मिसाएर पनि खान सकिन्छ । यसले डायरियामा आराम दिन्छ ।

के नखाने ?

आलू, इम्ली, भण्टा, ब्रोकाउली, प्याज, गेडागुडी, बन्दा, अचार, तारेको, मसलायुक्त, बासी तथा सचिलै नपच्ने खानेकुरा उचित हुँदैन ।

रुघाखोकी

के खाने ?

स्याउ, मेवा, अंजीर,  अनार, किवी लगायत भिटामिन ‘सी’ युक्त खानेकुरा लाभदायक हुन्छ । यसैगरी पालुङ्गो, चुकन्दर, ब्रोकाउली, रातो भेडे खुर्सानी, मशरुम,  शलगम , गाँजर लगायतका सागसब्जीले फाइदा गर्छ ।

के नखाने ?

दही, पनीर, चीज कम खाने । यसले कफ बढाउनसक्छ । यो मौसमी भएकोले रातकोे समयमा दही नखाने । तारेको खानेकुरा, मसलेदार खानेकुरा, चिसो खानेकुरा, ह्वाइट ब्रेड, पास्ता , नुडल्स नखाने । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार
देशभर ४३ विपद्का घटना, १३ जना घाइते
२०८३ कार्तिक १५, आइतबार
कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट
२०८३ कार्तिक १५, आइतबार
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
२०८३ कार्तिक १५, आइतबार
इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प
२०८३ कार्तिक १५, आइतबार