काठमाडौंः मोडल कुन्साङ बोम्जन र टिकटक स्टार सिम्रन पन्त अभिनित ‘केवल तिमी भित्रै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमाण्टिक भर्सनको यस गीतमा गायक देब्स राई र गायिका कल्पना प्राङ्ग्देन राईको स्वर रहेको छ। गीतमा शब्द पदम साधना कुलुङको रहेको छ।
चन्द्र श्रेष्ठले संगीतवद्द गरेको यस गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन्।
युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा भिडियोमा मनि के राईको कोरियोग्राफी रहेको छ भने विनोद विनिरजरा राईले भिडियोलाई छायांकन र सम्पादन गरेका हुन्।
चक्र पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘एसएसओजी अफ़िसिएल’ युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। -न्यूजअभियान
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया