मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

इजरायल रोजगारको लागी छानिए १६ सय कामदार (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः वैदेशिक रोजगार विभागले इजरायलमा माग गरेबमोजिम रोजगारको लागी नेपाली सहायक कामदार छनौट गरेको छ ।

विभागले आइतबार एक सूचना जारी गर्दै नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार लिखित परीक्षा, अन्तरर्वार्ता लगायत समेतबाट योग्य ठहरिएका १६ सय  जनाको नाम सिफारिस गरिएको जनाएको हो ।

“नेपालस्थित इजरायली राजदूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत १,६०० जना उमेदवार (७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष) सिफारिस गर्न माग भएअनुसार देहायबमोजिमको रोल नम्बर भएका महिला तथा पुरुष उमेदवारहरुको योग्यताक्रम कायम हुन आएकोले तपसिल बमोजिमको योग्यताक्रम सूची तयार गरी नेपालस्थित इजरायली राजदूतावासमार्फत पीआईबीए (पपुलेसन, इमिग्रेसन एन्ड बोर्डर अथोरिटी अफ इजरायल)मा सिफारिस गर्ने छनोट समितिबाट मिति २०७८/६/१० मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,” विभागका महानिर्देशक दीपक काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
२०८३ मंग्सिर १, मंगलबार
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार
सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव
२०८३ मंग्सिर १, मंगलबार
मासु बिक्री गर्न छाप अनिवार्य
२०८३ मंग्सिर १, मंगलबार
नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार