भाद्र २८, २०८३ आइतबार September 13, 2026

यौन सम्पर्कका बेला पुरुषको वीर्य स्खलन भएको महिलाले कसरी थाहा पाँउछन् ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महिलाको योनि तथा पाठेघरको मुखको संवेदनशीलता

महिलाको यौनांग तथा प्रजनन अंगको कुरा गर्दा योनिको चर्चा धेरै हुन्छ । प्रजनन अंगको कुरा गर्दा पाठेघर, जसमा गर्भको शिशु हुर्कन्छ, त्यसका बारेमा पनि चर्चा हुने गरेको छ । पाठेघर तथा योनिलाई जोड्ने अंग, जसलाई Cervix uteri वा पाठेघरको मुख भनिन्छ, अहिले यसका बारेमा पनि चर्चा हुन थालेकाले जनमानसमा जानकारी बढ्दो छ ।

तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले योनि तथा पाठेघरको मुखको संवेदनशीलताका बारेमा कुरा गरौं । हामीलाई थाहै छ, हामी विभिन्न इन्द्रियबाट सन्देशहरू ग्रहण गर्छौं र स्नायुको माध्यमबाट ती सन्देश हाम्रो मस्तिष्कसम्म पुग्छ । यौन संवेदनशील अंग अर्थात् यौनांगले यौनसम्बन्धी सन्देश ओसार्ने कार्य गर्छन् र यसको स्पर्श वा घर्षणबाट आएका सन्देश हामीलाई यौन उत्तेजक लाग्छन् ।

सामान्यत: हामीले बुझिआएको कुरा के हो भने योनि यौन संवेदनशील अंग हो । यसको घर्षणबाट यौन उत्तेजना प्राप्त हुन्छ, तर योनिको बाहिरी एकतिहाइ भागमा मात्र यस्ता स्नायु हुने भएकाले उक्त क्षेत्र मात्र यौन संवेदनशील हुन्छ, न कि सम्पूर्ण योनि । महिलाको यौन तथा प्रजजन अंगको स्नायुलाई विशेषत: दुई किसिममा भाग लगाउन सकिन्छ, जसमध्ये एकलाई Somatic भने अर्कोलाई visceral भनिन्छ । Somatic प्रकारका स्नायु भएको अंगबाट आएका सन्देश स्पष्ट (accurate, localized) हुन्छन् भने visceral किसिमको अंगबाट आएका सन्देशहरू अस्पष्ट (impresize and non-localized) हुन्छन् । योनिको भित्री दुईतिहाइ भाग, पाठेघरको मुख, पाठेघर, डिम्बवाहिनी नली, डिम्बाशय अनि वरिपरिका अंगहरूमा visceral किसिमका स्नायु हुन्छन्, जसले गर्दा त्यहाँ आउने सन्देश त्यति स्पष्ट हुँदैनन् ।

यौन चरमसुखको कुरा

यौन प्रतिक्रिया चक्रको सन्दर्भमा उत्तेजनाको चरण (Excitement Phase), Plateau Phase (प्लाटो फेज), चरमसुख (Orgasm Phase) र Resolution Phase (रिजोलुसन फेज) हुन्छ । प्लाटो फेजमा भएको यौन stimulation निरन्तर रूपमा बढाउँदै लान सके एउटा यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौन जीवनमा यो चरणको विशेष महत्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्येको सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ ।

चरमसुखको चरणमा मांसपेशीहरूमा निकै तनाव आउँछ र आफैं खुम्चने तथा खुल्ने हुन्छ । श्वास–प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचाप निकै बढ्छ । महिलाहरूमा पाठेघर तथा योनिको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांसपेशी खुम्चने तथा फुक्ने हुन्छ । पूर्ण चरमसुख पाउँदा यस्तो मांसपेशी खुम्चने–फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यतिबेला जुन सुखानुभुति हुन्छ हामी त्यसलाई चरमसुख वा स्वर्गीय आनन्द भन्छौं ।

पुरुषहरूको हकमा भने यो केही फरक हुन्छ । सुरुमा आन्तरिक अंगहरूको खुम्चने फुक्ने क्रम चल्छ र वीर्यलाई मूत्रनलीमा धकेल्छ । यो अवस्थामा पुगेपछि स्खलन रोकिन नसक्ने भएकाले point of no return पनि भनिन्छ । त्यसपछि मूत्रनली, लिंग तथा पौरुष ग्रन्थिको खुम्चने फुक्ने क्रम सुरु हुन्छ र वीर्य पनि बाहिर निस्कन्छ ।

के महिलाले वीर्य स्खलन भएको थाहा पाउँछन् ?

माथिको कुराबाट तपाईंले थाहा पाइसक्नु नै भएको हुनुपर्छ कि यदि वीर्य स्खलन योनिको भित्री भाग तथा पाठेघरको मुखमा भएको छ भने खासै थाहा पाउने स्थिति हुँदैन । यो सामान्य कुरा नै हो, तर केही महिलाले केही आएजस्तो अनुभूति गरेका हुन्छन् ।

वीर्य स्खलन योनिबाहिर वा भग क्षेत्रमा भएको स्थितिमा राम्रैसँग थाहा पाउने स्थिति हुन्छ । गुदा मैथुन गर्दा मलाशयमा वीर्य स्खलन हुँदा भित्री योनिमा गरिएको भन्दा राम्रोसँग थाह पाउने स्थिति हुन सक्छ अनि मुखमैथुनमा वीर्य स्खलन हुँदा त थाहा पाइने भैहाल्यो ।

यौन चरमसुख प्राप्त हुने हाराहारीमा श्वास–प्रश्वास बढ्नेदेखि मांसपेशीमा संकुचन आउने अनि पुरुषले आनन्द प्राप्त गर्दा फरक किसिमको आवाज निकाल्ने अनि लिंग भित्र–बाहिर गर्ने कार्य रोक्ने जस्ता कतिपय कुरा गर्छन् । योनिभित्र नै वीर्य स्खलन भएको कुरा स्पष्ट थाहा नभए पनि यी कुराका आधारमा पनि महिलाले पुरुषको वीर्य स्खलन भएको थाहा पाउँछन् ।- एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार