मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

पर्वतीय पर्यटनको प्रवर्द्धनमा पर्वतारोहण सङ्घको सहयोग महत्वपूर्ण : प्रधानमन्त्री देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पर्वतारोहण सङ्घले मुलुकको पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनमा सरकारलाई महत्वपूर्ण सहयोग पुर्याएको बताउनुभएको छ ।

सङ्घको नवनिर्मित भवनको शिलान्यास तथा ४२ औँ विश्व पर्यटन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले हिमाल आरोहणसँग सम्बन्धित विभिन्न कार्यहरु तालिम, हिमालको सरसफाई, विपदमा उद्धार र खोज, अपाङ्गता भएकाको औषधोपचारलगायत कार्यमा सङ्घले गर्दै आएको कार्यको प्रशंसा गर्नुभयो ।

विभिन्न २७ हिमालको कर व्यवस्थापनलगायतको कार्य पनि गर्दै आएको सङ्घले पर्वतीय पर्यटनको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गर्ने काममा सरकारसँगको सहकार्यका लागि प्रधानमन्त्री देउवाले धन्यवादसमेत दिनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ बाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थान गर्न सरकारले योजना अघि बढाएको छ । मुलुकको अर्थतन्त्रमा टेवा पुर्याएको पर्यटन क्षेत्र कोभिड–१९ कारण सुस्ताएको हुँदा यस क्षेत्रलाई पुनःस्थापना गर्नका लागि हालै सरकारले नेपाल प्रवेश गर्ने पर्यटकका लागि स्वास्थ्य मापदण्डमा सहजीकरण गरेको छ ।”

सो अवसरमा उहाँले रु आठ करोड २५ लाखको लागतमा सङ्घको नवनिर्मित साढे छ तले भवनको शिलान्यास गर्नुका साथै सङ्घले तयार गरेको ४६७ हिमालको प्रोफाइलसहितको नयाँ वेबसाइटको उद्घाटनसमेत गर्नुभएको थियो । यसले नेपालको पर्वतीय पर्यटनको विकासमा महत्वपूर्ण टेवा पुग्ने उहाँको विश्वास थियो । नेपालको हिमाल आरोहणमा चासो राख्नेका लागि प्रोफाइल महत्वपूर्ण हुने बताउँदै उहाँले यसकोे निरन्तर अद्यावधिक गर्न आग्रह गर्नुका साथै यसमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पर्वतीय पर्यटनका लागि सङ्घले पुर्याउँदै आएको सहयोग महत्वपूर्ण भएको बताउनुभयो । उहाँले कोभिड–१९ ले थला परेको पर्यटन क्षेत्रको उत्थानका लागि सरकारले कर छुट, विभिन्न सहुलियत तथा अनुदानका कार्यक्रममा अघि बढाएको उल्लेख गर्दै पर्यटन क्षेत्रको दिगो विकासका लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

सङ्घका अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटन प्रवर्द्धनका लागि सङ्घले गर्दै आएका विभिन्न कामका बारेमा अवगत गराउँदै यस क्षेत्रका नीति र विधि सरकारको परिवर्तनसँगै नफेरिने गरी अघि योजना अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो । साथै उहाँले पर्वतारोहीहरुले बुढेसकालमा दुःख पाउने गरेको बताउँदै यसको समाधानका लागि हिमाल आरोहणको करबाट बास्केट फण्ड बनाइदिन सरकारसँग आग्रह गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
२०८३ मंग्सिर १, मंगलबार
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार
सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव
२०८३ मंग्सिर १, मंगलबार
मासु बिक्री गर्न छाप अनिवार्य
२०८३ मंग्सिर १, मंगलबार
नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार