जेठ ४, २०८१ शुक्रबार May 17, 2024

काठमाडौंमा आज रातिदेखि भिडभाड, मेला र महोत्सव गर्न नपाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं जिल्लामा आज रातिदेखि भिडभाड, मेला र महोत्सव गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले आज एक सूचना जारी गर्दै मानिसहरु जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालद्वारा जारी आदेशमा कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन भनिएको छ । अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू हुने पनि सूचनामा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया