जेठ ४, २०८१ शुक्रबार May 17, 2024

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मालाई भेट्न राजदूत बेरी बिहीबार नेपाली सेनाको हेडक्वाटर जंगी अड्डामा पुगेका थिए ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रधानसेनापति शर्मा र राजदूत बेरीबीचको भेटलाई शिष्टाचार भेटवार्ता रहेको जनाएको छ ।

दुवैबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा चर्चा भएको निर्देशनालयले जनाएको छ । नेपाली सेनाले भन्यो ‘भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।’

प्रधानसेनापतिसँग भारत, चीन, पाकिस्तानलगायतका प्रतिनिधिले केही दिनभित्र भेटवार्ता गरिसकेका छन् । ती सबै भेटवार्ता शिष्टाचार स्वरुप रहेका सेनाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य
२०८१ जेठ ४, शुक्रबार
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
२०८१ जेठ ४, शुक्रबार
न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
२०८१ जेठ ४, शुक्रबार
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
२०८१ जेठ ४, शुक्रबार
एक जना पनि विद्यार्थी नभएको जैमिनीको विद्यालयमा चार शिक्षक
२०८१ जेठ ४, शुक्रबार