जेठ ४, २०८१ शुक्रबार May 17, 2024

एक हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टीः ९११ जना कोरोना मुक्त, १२ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः देशभर पछिल्लो २४ घण्टामा एक हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ७६५ जनाको कोरोना परीक्षण गरिएको थियो ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार १६८ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमण दर १८.९ प्रतिशत छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९११ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या सात लाख ६५ हजार ७५८ पुगेको छ । नेपालमा कोरोनाबाट निको हुने दर ९६.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोनाबाट पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १३५ जनाको निधन भइसकेको छ । हाल देशभर ३५३ सङ्क्रमित सघन उपचार कक्ष (आइसीयु)मा, ११७ भेन्टिलेटरमा, १६ हजार ८०२ होम आइसोलेसनमा, एक हजार ३६६ संस्थागत आइसोलेसनमा तथा २३८ सङ्क्रमित क्वारेन्टिनमा छन् ।

आज दुई लाख ८९ हजार ३८१ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ७४ लाख ५६ हजार ३८४ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा ६२ लाख ८५ हजार ७४० जनाले पूर्ण मात्रा लगाएका मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया