काठमाण्डौंः सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार १४ जनाको कोरोना परीक्षण गरिएको थियो । सेती प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणका क्रममा २२ तथा एन्टिजेन विधिमार्फत परीक्षण गर्दा कञ्चनपुरमा ११ र दार्चुलामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सो अवधिमा प्रदेशभर ३९ जना कोरोनाबाट मुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ८४ वर्षीय पुरुष छन् । बुधबार सुदूरपश्चिममा ३३ सङ्क्रमित थपिएका थिए भने १७ जना निको भए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया