काठमाडौंः असोज २१ गते घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म देशभरका सबै अदालत बन्द गर्ने निर्णय भएको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरुको बसेको पूर्ण बैठकले असोज २१ गते घटस्थापनादेखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमा सम्मका लागि सबै अदालत बन्द गर्ने निर्णय गरेको हो।
तर, विदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश गर्नका लागि न्यायाधीशहरुको टुङ्गो पनि लगाइएको छ ।
न्यायाधीशहरुसँग छलफल गरी बारअनुसार न्यायाधीशहरुको टुंगो लगाइएको हो । विदाका समयमा बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश हेर्ने समय ११ देखि ३ बजेसम्मका लागि छुट्याइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया