बैसाख २०, २०८३ आइतबार May 3, 2026

अफगानिस्तानमा मानवीय सहायताको खाँचो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डदंः अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औँल्याइएको छ । अफगानिस्तानका विषयमा भएको जि २० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले सो कुरा बताउनुभएको हो ।

उक्त बैठकपछि उहाँले समाचारदाताहरुसँग भन्नुभयो-हामीले अफगानिस्तानको अवस्थालगायत धेरै विषयमा कुराकानी गरेका छौँ, मलाई लाग्छ यहाँको अवस्था अहिले नै नाजुक छ, यहाँका नागरिकलाई मानवीय सहायताको खाँचो छ ।

इटालीले अफगानिस्तानको विषयलाई लिएर जि२० का सदस्य राष्ट्रहरुको जुम बैठक आयोजना गरेको थियो । सो बैठकमा जि२० का सबै देशका सरकार तथा राज्य प्रमुखहरु सहभागी थिए ।

अफगानिस्तानमा विद्रोह गरिरहेका तालिबानीहरुले गत महिना यहाँको सत्ता हत्याएका थिए । त्यसपछि त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको छ भने विश्वका देशहरुले पनि अफगानिस्तानमा दिने सहायता रोकेका छन् ।

यसै कारणले अफगानिस्तानको आर्थिक अवस्था पनि नाजुक बन्दै गएको बताइएको छ । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका
२०८३ बैसाख २०, आइतबार
उपराष्ट्रपति यादवद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
२०८३ बैसाख २०, आइतबार
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख २०, आइतबार
‘शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गरिनेछ’ – मुख्यमन्त्री बानियाँ
२०८३ बैसाख १९, शनिबार
मिडियाले जहिल्यै प्रतिपक्षको भूमिका खेल्नुपर्छः अध्यक्ष बिजुक्छेँ
२०८३ बैसाख १९, शनिबार
कर्णालीको समृद्धिका लागि एकताबद्ध हुनुपर्छ: प्रदेश प्रमुख जोशी
२०८३ बैसाख १९, शनिबार
रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न
२०८३ बैसाख १९, शनिबार