बैसाख २०, २०८३ आइतबार May 3, 2026

आगामी आमनिर्वाचनका लागि प्रतिनिधिसभा विघटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि यहाँको संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।

जापानी अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरुले बिहीबार बसेको संसदको बैठक लगत्तै संसद विघटन भएको बताएका हुन् । यहाँ आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ । यहाँको प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ ।

सत्तारुढ एलडिपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा यहाँका प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यसलगत्तै उहाँले अर्काे आमनिर्वाचनको तयारी थाल्नुभएको थियो । किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उहाँले आफूले तुरुन्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताउनुभएको थियो ।

प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहात दिने कार्यक्रम ल्याउनुभएको छ । उहाँले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि भन्दै आम निर्वाचनमा आम नागरिकको सहयोगको अपेक्षा गर्नुभएको छ । उहाँले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरु ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदाताहरुसँग आग्रह पनि गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका
२०८३ बैसाख २०, आइतबार
उपराष्ट्रपति यादवद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
२०८३ बैसाख २०, आइतबार
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख २०, आइतबार
‘शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गरिनेछ’ – मुख्यमन्त्री बानियाँ
२०८३ बैसाख १९, शनिबार
मिडियाले जहिल्यै प्रतिपक्षको भूमिका खेल्नुपर्छः अध्यक्ष बिजुक्छेँ
२०८३ बैसाख १९, शनिबार
कर्णालीको समृद्धिका लागि एकताबद्ध हुनुपर्छ: प्रदेश प्रमुख जोशी
२०८३ बैसाख १९, शनिबार
रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न
२०८३ बैसाख १९, शनिबार