बैसाख २०, २०८३ आइतबार May 3, 2026

यमनमा साउदी सेनाको कारबाहीमा नौ हुथी विद्रोही मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परी नौ जना विद्रोहीको ज्यान गएको छ । केही दिनयता देखि यहाँ सो सेनाले कारबाहीलाई निरन्तरता दिएको बताइएको छ । सेनाले यहाँ बुधबार गरेको यस्तै कारबाहीमा परी नौ जना हुथी विद्रोही मारिएका साउदी अरेबियाको सेनाले बताएको छ ।

सो सेनाले यमनको मध्यक्षेत्रमा पर्ने मारिब प्रान्तमा हुथीहरुका विरुद्धमा कारबाही गर्ने गरेको थियो । हालैका केही दिनहरुमा पनि सेनाले सो कारबाहीलाई निरन्तरता दिएको बताइएको छ ।मारिबमा हुथी विद्रोहीहरुको कार्यालय रहेको स्थानलाई पनि सेनाले घेरा हालेर आक्रमण गरी ध्वस्त बनाएको जनाएको छ ।गतहप्ता मात्र पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा ४० जना भन्दा बढी हुथी मारिएका थिए ।

मारिब प्रान्तमा पछिल्लो समयमा हुथी विद्रोहीले अखाडा जमाउन थालेको सूचनाका आधारमा साउदी अरेबियाको नेतृत्वको सेनाले कडा मात्रामा निगरानी गर्ने गरेको बताएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि
२०८३ बैसाख २०, आइतबार
लिग–२ मा आज ओमान र यूएई भिड्दै, अंक तालिकामा सुधारको लक्ष्य
२०८३ बैसाख २०, आइतबार
प्रिमियर लिग : फुलह्याममाथि आर्सनलको सहज जित
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
२०८३ बैसाख २०, आइतबार
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
२०८३ बैसाख २०, आइतबार
रास्वपा सचिवालय बैठक आज ‘घन्टीघर’मा बस्दै
२०८३ बैसाख २०, आइतबार
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
२०८३ बैसाख २०, आइतबार